आन्दोलनका कारण सिर्सिया बन्दरगाह दुई दिनदेखि ठप्प

आन्दोलनका कारण सिर्सिया बन्दरगाह दुई दिनदेखि ठप्प

वीरगन्ज : भन्सार क्लियरिङ एजेन्टहरुको आन्दोलनका कारण वीरगन्जमा रहेको सिर्सिया सुख्खा बन्दरगाहमा दुई दिनदेखि बन्द भएको छ। बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीका कारण काम गर्न सक्ने अवस्था नरहेको भन्दै भन्सार क्लियरिङ एजेन्टहरुले बिहीबारदेखि आन्दोलन गरी बन्दरगाह बन्द गरेका हुन्। 

बन्दरगाह बन्द भएपछि भन्सार कार्यालयको राजश्व असुली पनि प्रभावित भएको छ। सुख्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक औसत १२ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको र बिहीबारदेखि भन्सार क्लीयरिङ एजेन्टहरु काम नै बन्द गरेर आन्दोलनमा रहेका कारण दुई दिन यता सुख्खा बन्दरगाह भन्सार कार्यालयले राजश्व संकलन नगरेको भन्सार कार्यालयका सुचना अधिकारी विकास साहले जानकारी दिए। 

भारत तथा तेश्रो मुलुकबाट रेलमार्ग हुँदै आयात भएका मालसामानका दुईहजारभन्दा बढी कन्टेनर सुख्खा बन्दरगाहमै थन्किएका छन्। 

 
समस्या सामाधानका लागि वीरगन्ज उद्योग वाणिज्य संघको मध्यस्थतामा बिहीबार साँझ वार्ता भएको थियो। वार्तामा कार्यकारी अधिकृत चौधरीले अपशब्द प्रयोग गरेपछि विवाद झन चर्किएर वार्ता निष्कर्षविहीन भएको भन्सार क्लीयरिङ एजेन्टले बताए।
 
भन्सार क्लीयरिङ एजेन्टले कार्यकारी अधिकृत चौधरीले माफी माग्नुपर्ने शर्त राखेका कारण वार्ता निष्कर्षविहीन भएको वार्तामा सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताले जानकारी दिए। भन्सार क्लीयरिङ एजेन्ट संघका पूर्वअध्यक्ष उमेश शर्माले भने कार्यकारी अधिकृत चौधरीले माफी नमागेसम्म आफूहरु काममा नफर्किने बताए। 
 
आन्दोलनरत भन्सार क्लीयरिङ एजेन्टहरुका अनुसार, कार्यकारी अधिकृत चौधरीले भन्सार क्लीयरिङ एजेन्टहरुसंग बारम्बार दुव्र्यवहार गर्दै आएको, रेलबाट आएका कन्टेनरको लोड अनलोड समयमै नगरिएको, कन्टेनर लोड अनलोड गर्ने उपकरण रेज स्ट्राइकर ७ वटा रहे पनि दुईवटा मात्र चालु अवस्थामा रहेको र जाँचपास भएका मालसामान लोड भएका ट्रकसंग नियमविपरित प्रति दिनको १ सय ७३ रुपैयाँ पार्किङ शुल्क लिने गरिएको छ। 

सुख्खा बन्दरगाहमा आएका सामानका कन्टेनरको समयमै जाँचपाच भइ सम्बन्धित स्थानमा पुर्‍याउन नसक्दा आयातकर्ताहरुबाट गाली खानु परेको गुनासो उनीहरुले गरेका छन्। कन्टेनर लोड अनलोडमा देखिएका समस्या सामधानका लागि हिमालयन टर्मिनल प्रालिका कार्यकारी अधिकृत चौधरीलाई आग्रह गर्दा उल्टै उनले गाली गलौज गर्दै दुव्र्यवहार गर्ने गरेको भन्सार क्लीयरिङ एजेन्ट संघका पुर्व अध्यक्ष शर्माले बताए। 

'भनेको बेलामा मालसहितका कन्टेनर नउठ्दा समयमा उद्योगमा मालसामान पुगिरहेका छैनन्, जसका कारण दिनहुँ हामीले साहुबाट गाली खाइरहेका छौँ', शर्माले भने,‘समयमा मालसामान नपुग्दा उद्योगको उत्पादनमा पनि असर परिरहेको छ , यी सब गुनासो सुनाउन जाँदा उल्टै चौधरीले गाली गलौज गरेर हामीलाई हप्काएर पठाउने गरेकाले आन्दोलन गर्नु परेको हो।' 
 
कार्यकारी अधिकृत चौधरीले भने भन्सार एजेन्टहरुले नै समयमा आएर भन्सार जाँचपासका लागि कागजात पेश नगरेका कारण कन्टेनरको लोड अनलोडमा समस्या हुने गरेको बताए। 
 
'उहाँहरुलाई मैले बिहान नौ बजे नै आउनू भन्छु तर आफैँ दिउँसो १/२ तिर मात्रै आउनु हुन्छ', चौधरीले भने,‘समस्या हिमालयन टर्मिनलको होइन भन्सार क्लीयरिङ एजेन्टहरुमै छ।' 
 
'पार्किङ शुल्क नलिने भन्ने उनीहरुको माग पुरा गर्छु भनेकै छु तर माफी नै माग्नु पर्छ भनेर अडान राखेका छन्', चौधरीले भने, ‘मैले त्यस्तो कुनै दुर्ववहार नै गरेको छैन अनि के का लागि माफी माग्नु ?' 

वीरगन्जका एजेन्ट र आयातकर्ताका लागि आफनो कम्पनीले लामो समयदेखि प्रभावकारी सेवा दिँदै आएको जिकिर गर्दै चौधरीले भने ,‘रेड च्यानलबाट जाने मालसामान, ग्रीन च्यानलबाट लान दिनु पर्ने एजेन्टहरुको माग पुरा नभएपछि अनेक बहाना बनाएर सब लफडा गरेका हुन्।'  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.