मनाेज पुनका 'म्यानेजर' थिए डंगोरिया

मनाेज पुनका 'म्यानेजर' थिए डंगोरिया

भैरहवा : रुपन्देही बुटवल उपमहानगरपालिका-१६ का चौधरी डंगोरिया थारु गुण्डा नाइने मनाेज पुनका म्यानेजर रहेकाे खुलेकाे छ। प्रहरी इन्काउन्टरमा मारिएका पुनले  पक्राउ परेका थारु बलु उर्फ बसन्त पौडेलको हत्या योजनामा म्यानेजरकाे रुपमा संग्लन गराएकाे रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

०७४ पुसमा दुई जना मोटरसाइकलमा आएर काठको अडर छ भन्दै आगो तापिरहेको अवस्थामा बलुको गोली हानी हत्या गरेका थिए। घटनाको जिम्मा मनोज पुनले लिएका थिए।
‘पक्राउ परेका थारु बलु हत्याकाण्ड घटनामा व्यस्थापकीय भूमिका निर्वाह गरेको अनुसन्धानमा पाइएको छ’ एसपी थापाले भने। 

प्रहरीका अनुसार थारु हत्याको योजनामा संग्लन रहेको, सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापन, मोटरसाइकलको नम्बर प्लेट परिवर्तन र बलुको निगरानी गरेको अनुसन्धानमा खुलेको छ। 
बलु हत्याकाण्ड घटनामा संग्लन फरार मध्ये थारु अहिले पक्राउ परेका छन्। घटनामा संग्लन कपिलवस्तु जिल्लाको बिट्टु भन्ने योगेन्द्र सिंह, रुपन्देही जिल्ला देवदह ३ का मिन बहादुर खाम्चा, काभ्रे जिल्ला वृत देउराली ८ का उमेश तामाङ्ग, स्याङ्गजा जिल्ला विरुवा ८ का विजु थापा (सुटर व्यवस्थापक) र कास्की जिल्ला पोखरा उपमहानगरपालिका १० का निर्मल भन्ने अनिश थापा फरार रहेको र उनीहरुको पनि खोजी जारी रहेको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए। 

फरार मध्ये योगेन्द्र सिंह तिनै व्यक्ति हुन् जसले भारतमा मनोज पुनलाई सेल्टर दिएका थिए। कपिलवस्तु जिल्लाबाट उनको नागरिकता जारी भए पनि उनी भारतको मुम्बईमा बस्दै आएका छन्। 

त्यस्तै पक्राउ परेका थारुले हालै ०७५ चैत १२ गते १० लाख बढी रुपैयाँ, मोटरसाइकल लगायत साम्रगी लुटपाट गरेको थिए। थारुले घरमा रहेको १७ तोला सुनको गरगहना लिएर १२ लाख माग गरेकोमा सुन खरिद गर्ने तिन जना पिडितले १० लाखमा मात्र खरिद गर्न सक्ने बताएका थिए। 

थारुले रुपन्देहीको मायादेवी गाउँपालिकाको थुम्हवामा रकम लिएर आउने भने अनुसार पीडितहरुले दश लाख ८ हजार ५ सय रुपैयाँ लिएर जादाँ थारु समूह आएर रकम, मोटरसाइकल लगायतका साम्रगी डाँका हालेर लगेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

त्यस्तै पक्राउ परेका थारुको अपराधको क्रमको सूची लामो छ  थारु समेतले ०६५ सालमा सरदमान श्रेष्ठलाई अपहरण गरी फिरौती रकम माग गरेको हुदाँ उनी विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। ०६५ सालमा मानव बेचबिखन तथा ओसारपसार र हातहतियार तथा खरखजाना मुद्दा पनि उनी उपर दायर भएको थियो।
फोटो ः पक्राउ परेको चौधरी डंगोरिया थारु । अन्नपूर्ण 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.