अध्यक्षको कार्यशैलीप्रति गाउँपालिकाका बहुमत सदस्यको आपत्ति

अध्यक्षको कार्यशैलीप्रति गाउँपालिकाका बहुमत सदस्यको आपत्ति

रामेछाप : रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काको कार्यशैली प्रति गम्भीर आशंका गर्दै कार्यपालिकाको बहुमत सदस्यले आपत्ति जनाएका छन्। 

गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाललगायत अन्य ६ जना वडाध्यक्षले आपत्ति जनाएका हुन्। रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष खड्काले आर्थिक हिनामिना गरेको आरोप उनीहरुले लगाएका छन्। 

उज्यालो लिखु अभियान अन्तर्गत विद्युतिकरणको क्रममा धेरै अनियमितता गरेको भन्दै त्यसको अनुगमन गर्नु पर्छ भन्दा कार्यसमिति बैठकमा बिहीबार कुर्सी हानाहान भएको उपाध्यक्ष दीपशिखा दाहालले पत्रकार सम्मेलनमा जानकारी दिइन। 

वडा नम्बर १ दुरागाउँलाई विद्युतिकरण गर्न ३ करोड विनियोजन गरेकोमा अपुग भएको भन्दै विभिन्न शीर्षकबाट रकमानान्तर गरेर ५ करोडमा बत्ती बालेको थियो। 

बिहिबार कार्यसमितिको बैठकमा दुरागाउँमा विद्युतिकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने कुरा उठेपछि वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले सत्यतथ्य खर्च के कति हो प्रष्ट हुनुपर्छ भनेपछि विवाद भएको उनीहरुले बताएका छन्। 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले अनुगमना नगरी जथाभावी रकम विनियोजन गर्न नमिल्ने भने पछि प्रमुख प्रशासकीय अधिकृत राई र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोरालाई हात हालाहाल गरी कुर्सीसमेत प्रहार गरेको उपाध्यक्ष दीपशिखा दाहालको भनाइ छ। 

विकास निर्माणका कार्यमा आफूलाई थाहा नदिई गाउँपालिका अध्यक्षले एकलौटीरुपमा काम गरेको र आर्थिक अनियमितताको आशंका रहेको वडाध्यक्षले बताएका छन्। ‘अध्यक्षले गरेको काममा अनुगमन गर्ने तिमीहरु को हौ ?’, भन्दै आफूहरुलाई थर्काएको वडा नम्बर २ का अध्यक्ष पदमबहादुर तामाङको भनाइ छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.