प्रेमध्वजले गाए जय सिन्धुभूमि

प्रेमध्वजले गाए जय सिन्धुभूमि

चौतारा : पर्यटन वर्ष २०२० का लागि वरिष्ठ गायक प्रेमध्वज प्रधानसहितको स्वरमा सजिएको गीत सार्वजनिक भएको छ। प्रधानसँगै चन्द्रसिंह घले र मीना सिंहको स्वरमा रहेको जय जन्मभूमि जय सिन्धुभूमि सार्वजनिक गरिएको हो।

नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लक्षित सिन्धुपाल्चोक चिनाउने गीतलाई एसियन म्युजिकले बजारमा ल्याएको छ। पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्याउने उद्देश्यले जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले गीति वृत्तचित्र निर्माण गरेको हो। पर्यटन वर्षमा नेपालमा २० लाखभन्दा बढी पर्यटक भित्याउने सरकारको लक्ष्यलाई साथ दिँदै गीत निर्माण गरिएको हो। शब्द र दृश्यमार्फत जिल्लाका प्रमुख ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार गरिएकाले पर्यटक आकर्षणमा सहयोग पुग्ने निर्माण पक्षको दाबी छ।

वृत्तचित्र भित्र समावेश सिन्धुपाल्चोक चिनाउने गीत सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका छन्। एक साता लगाएर वृत्तचित्र तयार गरिएको हो।

जिल्लाका सुन्दर तथा ऐतिहासिक पक्ष भिडियोमा समावेश गरिएको छ। जिल्लामा रहेका जातजाति, भाषा संस्कृतिलाई भिडियोमा समावेश गरिएको छ। हालै पहिलोपटक सफल आरोहण भएको जुगल हिम शृंखलादेखि पाँचपोखरी, आमायांग्री, गौराती, नौलिंगेश्वर महादेवसहित इन्द्रावती तीर समावेश छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.