‘अब्बल अभिनेता असल मान्छे आर्यन’

‘अब्बल अभिनेता असल मान्छे आर्यन’

कुनै पनि कलाकारलाई चिन्न उसको आनीबानी बुझ्न जरुरी छ। मैले धेरै कलाकारसँग काम गरेको छु। उनीहरूलाई नजिकबाट हेरेको छु। तीमध्ये एक हुन्, आर्यन सिग्देल। उनी मेरा मन पर्ने कलाकार हुन्। आर्यन र मैले तीनटा फिल्ममा सँगै काम गर्‍यौँ। उनी आफ्नो काम दत्तचित्त भएर गर्छन्।

फिल्म ‘अलबिदा’ मा उनको काम साह्रै मन पर्‍यो। उनी बेस्ट दिन खोज्छन्। कथाले कस्तो मागेको छ, जस्ताको तस्तै आफूलाई ढाल्न सक्छन्। उनको यो खुबी एकदमै राम्रो लाग्छ। फिल्म ‘कायरा’ मा पनि उनको अभिनय प्रशंसायोग्य छ। यो फिल्मपछि उनलाई झन् नजिकबाट चिन्ने मौका पाएँ।

हामीबीच निर्देशक र कलाकारको मात्र सम्बन्ध छैन। निर्देशक र कलाकारको सम्बन्ध फिल्म बन्दासम्म मात्र हुने पनि हुन्छन्। रियल लाइफमा पनि हाम्रो सम्बन्ध आत्मीय छ। हामी दाजुभाइजस्तै छौँ। 

उनी प्रायः आफूलाई लागेको कुरा नलुकाई प्रस्ट भन्ने गर्छन्। उनको बोलीवचन त्यस्तै मीठो लाग्छ। कोसँग कसरी बोल्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ। मीठो बोलीवचन कलाकारको राम्रो गुण हो। यही बानीले गर्दा उनी मलाई साह्रै मन पर्छन्। 

आर्यनको केही नराम्रा बानी पनि छन्। जसलाई उनले सुधार्नुपर्छ। म प्रायः उनलाई सम्झाइरहेको हुन्छु। उनी धेरै मान्छेसँग घुलमिल गर्दैनन्। उनको यही बानी मलाई अलि मन पर्दैन। मैले आर्यनबाट धेरै कुरा सिकेको छु। उनी अब्बल अभिनेता र असल मान्छे हुन्।

लक्ष्मण रिजाल, निर्देशक


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.