‘प्रेमनाथ बन्न ४० मिनेट लाग्छ’

‘प्रेमनाथ बन्न ४० मिनेट लाग्छ’

इमेज च्यानलबाट प्रसारण हुने टेलिसिरियल ‘उल्टो सुल्टो’ मा ‘प्रेमनाथ’ को भूमिका निर्वाह गरिरहेको छु । यसअघि पनि टेलिशृंखलामा काम गरेको छु । टेलिसिरियलमा अभिनय गर्नुअघि थिएटरमा काम गर्थें । सानैदेखि कलाकार बन्ने रुचि थियो । त्यसैले अभिनय क्षेत्रमा आइयो । 

प्रेमनाथ रिटायर्ड जीवन बिताइरहेको बूढो र अशक्त मान्छे हो । जसको दाहिने हात चल्दैन, बोली सुकेको छ । रवि डंगोलबाट प्रेमनाथ बन्न ४० मिनेटजति समय लाग्छ । मेकअप र ड्रेसअपमा बढी समय लाग्छ । सबैभन्दा बढी ध्यान चाहिँ हातमा दिनुपर्छ । पहिला त काम गर्न निकै गाह्रो हुन्थ्यो । कहिले के नमिल्ने, कहिले के ! अहिले चाहिँ त्यस्तौ छैन । काम गर्दा सहज महसुस गर्छु ।

सुकेको स्वर प्रेमनाथको विशेषता हो । त्यस्तै दाहिने हात पनि चल्न हुँदैन । तर, अभिनय गर्दा कहिलेकाहीँ बिर्सिन्छु । कुन बेला कुन हात चल्छ, पत्तै हुँदैन । त्यसकारण कहिलेकाहीँ धेरै टेक खानुपर्छ । प्रेमनाथ बनिसकेपछि मेरो बोली नै फरक हुन्छ । स्वरमा बढी मेहनत गर्नुपर्छ । स्वर फेरिँदा लामो–लामो डायलग बोल्न गाह्रो हुने गर्छ । 

‘उल्टो सुल्टो’ अघि ‘तीतो सत्य’ टेलिसिरियलमा काम गरेको थिएँ । त्यसमा ‘सुकु बेइमान’ को भूमिकामा थिएँ । दर्शकले मलाई अहिल पनि त्यही नामले चिन्नुहुन्छ । बाटोमा भेट्यो भने ‘सुकु बेइमान’ भन्नुहुन्छ ।
प्रस्तुतिः आशक्ति फुयाल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.