तनहुँका किशोरमा डेंगु भेटियो
दमौली : तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीका एक किशोरमा डेंगुको संक्रमण देखिएको छ । ज्वरो बिरामी स्थानीय १५ वर्षीय किशोरको परीक्षण गर्दा डेंगु भेटिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य सहायक नवराज गौतमले जानकारी दिए ।
उनी शुक्रबार परीक्षणका लागि अस्पताल आएपछि पोखरा पठाइएको थियो । पोखरामा स्वास्थ्य परीक्षणका क्रममा उनमा डेंगुको संक्रमण भेटिएको गौतमले बताए ।
दमौली अस्पतालमा भर्ना भएका ती किशोर पाँच दिनसम्म स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि पोखरा पुगेका थिए । उनको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
हाल अरुमा शंक्रमणको आशंका नगरिए पनि लामखुट्टेको टोकाईबाट फैलने संक्रमण नियन्त्रणका लागि लामखुट्टे मार्ने विषादी छर्ने र सचेतनाका उपाय अपनाउने गौतमले जानकारी दिए।