पूर्ण सक्रिय मनसुन केही दिनमा नेपाल आउने

पूर्ण सक्रिय मनसुन केही दिनमा नेपाल आउने

काठमाडौं : पूर्ण सक्रिय मनसुन नेपाल आउने केही दिन लाग्ने भएको छ। हाल मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भू–भागभन्दा दक्षिणतिर छ। आजबाट विस्तारै उत्तरतिर (नेपाल) सर्दै जाने क्रम सुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

उक्त मनसुनी न्यून चापीय वायु नेपालतर्फ सर्ने क्रम सुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनले भने, 'मनसुन एकैचोटी पूर्ण सक्रिय हुने छैन, विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ।' 

उक्त रेखा नेपालको उत्तरतिर सर्ने क्रम सुरु भइसकेकाले आज देशभर आंशिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आइतबार देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.