कश्मीरमा १० हजार सेना पठाएपछि भारतको निर्देशन : पर्यटक र तिर्थालु तत्काल फर्कनू !
कश्मीर : भारत प्रशासित कश्मीर क्षेत्रमा भारत सरकारले हिन्दु तिर्थालु तथा पर्यटकलाई तत्काल यस क्षेत्र छाड्न निर्देशन दिएपछि यहाँ त्रास र अन्योल सिर्जना भएको छ ।
शुक्रबार भारत सरकारले अप्रत्यासित रुपमा विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि उक्त क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् । अमरनाथ गुफाको यात्रामा रहेका हिन्दु तिर्थालुलाई समेत लक्षित गर्दै उक्त क्षेत्र छाड्न निर्देशन दिएपछि उनीहरु समेत फर्किने तरखरमा छन् ।
४५ दिन लामो यो तिर्थयात्रा गर्न हरेक वर्ष हजारौँको भीड लाग्ने गर्छ । भारतले कश्मीरमा १० हजार सेना तैनाथ गरेको केही दिनमै यस्तो निर्देशन दिएको हो । भारतले १० हजार सेना कश्मीरमा तैनाथ गरेपछि नै कश्मीर क्षेत्रमा त्रास फैलिन थालेको अलजजिराले जनाएको छ ।