९२ वर्षको उमेरमा बालबालिकालाई निशुल्क पढाउँदै चिनियाँ शिक्षक
बेइजिङ : पूर्वी चीनको अन्हुइ प्रान्तस्थित बुचेन गाउँमा ए लियापिङ नाम गरेका एक बृद्ध बस्छन् ।
पेशाले उनी ‘रिटायर्ड’ शिक्षक हुन् । जागिरको रुपमा नभए पनि पछिल्लो समय निशुल्क रुपमा उनी बालबालिकालाई पढाउँदै आएका छन् । रोचक त ९२ वर्षको उमेरमा पनि उनी सक्रिय वहालवाला शिक्षक झैँ सक्रिय रुपमा पढाउँदैआएका छन् । विशेष गरी उनी बालबालिकालाई अंग्रेजी भाषा पढाउँछन् ।
यतिसम्म कि, २००० मा उनले गाउँका बालबालिकालाई सित्तैमा पढाउन भन्दै सानो घर नै तयार गरे । उनी आफैँ भने ३० वर्ष पुरानो घरमा पत्नीको साथ बस्दैआएका छन् ।
उनले बालबालिकालाई अन्य आवस्यकता समेत पूरा गरिदिने गर्छन् । यसरी एक हजार भन्दा धेरै बालबालिकालाई उनले प्रत्यक्ष सहयोग गरिसकेका छन् । ए केही अवार्डबाट सम्मानित पनि भएका छन् ।