पौडिएको बालापन (फोटो/भिडियो)
काठमाडौं : गर्मी बढे पनि राजधानीमा पौडी खेल्न मिल्ने सार्वजनिक पोखरी थोरैमात्र छन्। यद्यपि कहिलेकाही बालबालिका बाग्मतीकै पानीमा पौडी खेल्दै गरेका दृश्य पनि देखिन्छन्। सफा पानी भए पनि कतिपय सार्वजनिक पोखरीमा भने पौडी खेल्ने अनुमति हुँदैन। शनिबार पाटनको बंगलामुखी मन्दिर अगाडिको पोखरीमा बालबालिका पौडी खेल्दै रमाइरहेका थिए। तिनै दृश्यलाई अन्नपूर्णका लागि दिपेन श्रेष्ठले आफ्नो लेन्समा कभर गरेका छन्।