न्याय माग्न जाँदा प्रहरीले थुनेको आरोप

न्याय माग्न जाँदा प्रहरीले थुनेको आरोप

वीरगन्ज : जंगबहादुर चौरसियाले न्याय माग्न जाँदा प्रहरीले आफ्नो छोरोलाई थुनामा राखेको आरोप लगाएका छन्। पर्साको विन्दवासीनी गाँउपालिका ४ मधवलका चौरसियाले अपहरणकारीको चंगुलबाट भागेर घर फर्किएका आफ्ना छोरा उपनेश चौरसिया न्यायको लागि प्रहरी चौकी जाँदा प्रहरीले थुनेर राखेको आरोप लगाएका हुन्।

वीरगन्जमा शनिबार पत्रकार सम्मेलन गरेर जंगबहादुरले प्रहरीले अपहरणकारीलाई पक्राउ गर्नुको सट्टा छोरा उपेनशलाई थुनामा राखेर सार्वजनिक अपराधको मुद्धा चलाएको बताए। गत मङ्गलबार वीरगन्जबाट अपहरणमा परेर भारतमा पुर्‍याइएका तरुण दलका कार्यकर्ता उपनेश, अपहरणरीको चंगलुबाट भागेर बिहीबार परिवारको सम्पर्कमा आएपछि प्रहरीले भने आफू अपहरणमा परेको भनेर उपनेशले झुठो हल्ला फिजाएकाले उनलाई पक्राउ गरेर त्यहि दिन सार्वजनिक अपराधको मुद्धा दर्ता गरेको थियो।

प्रहरीले उपनेशसँगै मधवलकै २१ वर्षीय सनुप दास तत्वालाई पनि पक्रेर प्रहरी थुनामा राखेको छ। दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। 

उपनेशका बुबा जंगबहादुरले भने अपहरणकारीबाट भागेर बिहीबार परिवारको सम्पर्कमा आएका उपनेशलाई लिएर त्यहि दिन जिल्ला प्रहरी कार्यालय पर्सामा न्याय माग्न जाँदा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उपनेशलाई नै प्रहरी थुनामा राखिदिएको बताए। 

गाउँकै निरन्जन भनिने उत्तम तिवारी र एजाजलु मिया अन्सारीले उपनेशलाई लेनदेनको हिसाब गर्ने बहानामा गत मंगलबार वीरगन्जको घण्टाघर चोकबाट मोटरसाइकलमा चढाएर रक्सौल पुर्‍याएको र रक्सौलको श्यामा इनटरनेशनल होटलमा केहि घण्टा राखेर त्यहाँबाट बलजफती गाडीमा राखेर भारतकै अपरिचित स्थानमा लगेर राखेको जंगबहादुरले पत्रकार सम्मेलनमा बताए। 
 
तिवारी र मियासहितका चारजनाले छोरा उपनेशलाई कुटपिट गर्दै पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको भन्दै जंगबहादुरले उपनेशका साथी सनुपलाई ७० लाख फिरौती दिए मात्र उपनेशलाई मुक्त गरिदिने खबर घरमा पुर्‍याइदिनु भन्दै वीरगन्जमा पठाएको बताए। 

सनुपले उपनेश अपहरणमा परेको खबर दिएकै दिन बुधबार रक्सौलको होटलमा गएर खोज्दा त्यहाँ फेला नपरेको भन्दै उपनेशका बुबा जंगबहादुरले अन्य स्थानमा उनको खोजतलाश गर्दै गरेको बेला बिहीबार उनी अपहरणकारीको चंगुलबाट भागेर सीमावर्ती भिस्वा बजारमा आएर फोन गरी परिवारको सम्पर्कमा आएको बताए। 

अपहरणकारीले रक्सौलबाट गाडीमा हालेपछि उपनेशलाई कुटपिट गर्दै नशालु सुइ लगाएर बेहोश बनाएका थिए। उनको मुख र आँखमा पट्टी बाँधेर अज्ञात स्थलतर्फ लगी एउटा घरमा राखेका थिए। राति अपहरणकारी सुतेको मौका छापेर उनी भाग्न सफल भएको बुबा जंगबहादुरले बताए। श आफैँले झुठो अपहरणको योजना बनाएको भन्ने प्रहरीको आरोप निराधार रहेको भन्दै जंगबहादुरले आफ्नो छोरा निर्दोष रहेको दाबी गरे। उनले प्रहरी हिरासतमा रहेका छोरा उपनेशलाई विनाशर्त रिहा गर्न माग गर्दै अपहरणमा संलग्न तिवारी र मियालाई पक्राउ गरी कार्वाही गर्नु पर्ने बताए। 

पर्साका प्रहरी उपरीक्षक राठौरले साथीहरुसंग लिएको ऋण तिर्न नसकेपछि उपनेशले घरपरिवारबाट पैसा माग्नका लागि सनुप, निरन्जन र एजाजुलको सहयोग लिएर आफू अपहरणमा परेको योजना बनाइ झुठो हल्ला फिजाएकाले उपनेश र उनका साथी सनुपलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा चलाएको बताए।
  
घटनामा संलग्न तिवारी र मियाँ फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.