भारतमा १९ वर्षीया किशोरीमाथि 'बर्थडे' कै दिन सामूहिक बलात्कार
मुम्बइ : भारतको मुम्बइस्थित चेम्बुरा एरियामा १९ वर्षीया किशोरीलाई चारजनाले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
प्रहरीले अभियुक्त चारैजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ती किशोरीलाई उनको जन्मदिनकै बेला चार अभियुक्तले बलात्कार गरेका थिए ।
गत जुलाइ ७ मा साथीको घरबाट फर्किँदै गरेकी किशोरीमाथि सामूहिक अपराध भए पनि उनले सुरुमा कसैलाई भनेकी थिइनन् । पछि घाउको पीडाले रुन थालेपछि परिवारले नै थाहा पाइ उक्त घटना बाहिर ल्याएका हुन् ।
प्रहरीले अहिले उनीहरुविरुद्ध मुद्दा चलाएर चुनाभट्टी प्रहरी स्टेशनमा पठाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।