च्याउ खाँदा एकै परिवारका पाँच बिरामी
मलंगवा : विषालु च्याउ खाँदा सर्लाहीको बागमतीमा एकै परिवारका पाँचजना बिरामी परेका छन्।
जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी परेका हुन्। बिरामी पर्नेमा बागमती नगरपालिका १२ का ४० वर्षीया राजकुमारी बोट र उनका छोराहरु १८ वर्षीय कृष्ण बोट, अमन बोट, करण बोट र बुहारी सुनिता बोट बिरामी भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
च्याउ खाएर बिरामी भएकाको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।