निहारिकाको ४३ कथा बजारमा
काठमाडौं : निलम कार्की निहारिकाको कथा सङ्ग्रह ‘४३ कथा’ राजधानीमा विमोचन भएको छ। कथा सङ्ग्रह शनिबार डा. ध्रुवचन्द्र गौतमले विमोचन गरे।
‘मलाई कति लेखकले सरल कसरी लेख्ने भन्छन् निलमका कथा सरल भाषाशैलीमा राम्रा कथा छन्’, गौतमले भने। उनले कथामा नयाँ प्रयोग र नयाँ स्वाद रहेको बताए। कथाकार ध्रुव सापकोटाले मिलनका कथाबाट प्रभावित रहेको बताए। सरल भाषामा परिमार्जित ढंगले कथा आएको उनको भनाइ छ।
डा. सावित्री कक्षपतिले कथाले डायस्पोरादेखि सामान्य नेपालीको चरित्रसमेत समेटेको बताइन्। उनले भनिन्, ‘मान्छे आफ्नै चारित्रिक कमजोरीका कारण दुःख भोग्छ, समस्यामा पर्छ भन्ने विषय कथाले राम्ररी उठाएको छ। कथाका पात्र पनि त्यस्तै छन्।’
समालोचक ज्ञानु अधिकारीले सामान्य पाठकमा पनि कथाले संवेदना जागृत गर्ने सामाथ्र्य राखेको बताइन्। उनले भनिन्, ‘कथामा उठाइएका हरेक विषयवस्तुले सोच्न बाध्य बनाएका छन्।’ प्राज्ञ एवं कथाकार माया ठकुरीले कथाले सामाजिक परिवेशलाई समेटेको बताइन्। कथा सङ्ग्रह सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो।