बागमतीको जल लिएर भारत जाँदै गरेकी बोलबमयात्रीको मृत्यु

बागमतीको जल लिएर भारत  जाँदै गरेकी बोलबमयात्रीको मृत्यु

मलंगवा : सर्लाहीको बागमती नदीबाट जल लिएर मोटरसाइकलमा भारतको बिहार राज्यको मढियाधाम जाँदै गरेकी बोलबमयात्रीको मृत्यु भएको छ। चक्रघट्टा गाउँपालिका ९ बस्ने हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिआर ३० भि ७१८७ नम्बरको मोटरसाइकलमा जल लिएर मलंगवातर्फ आउँदै गरेका हृदय दासलाई विपरित दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले ठक्‍कर  दिएको थियो। मोटर साइकलको पछाडि सवार उनकी छोरी ट्याक्टरको ठक्करबाट गम्भीर भएकी थिइन्। उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर भएकी दासलाई सर्लाही अस्पताल मलंगवा ल्याएको थियो। त्यहाँ सामान्य उपचारपछि  थप उपचारका लागि वीरगंजतर्फ लैजाँदै गर्दै  सिमरामा मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि सर्लाही अस्पतालमा राखिएको र  ट्याक्टरको खोजी  भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.