बाबुको सम्झनामा चराका चित्र

बाबुको सम्झनामा चराका चित्र

काठमाडौं : कलाकार तथा पंक्षीविद् स्व. हिरालाल डंगोलको सम्झनामा चित्रकला प्रदर्शनी भएको छ। शनिबारको चित्र प्रदर्शनीमा उनकी चित्रकार छोरी मीना डंगोले चराचुरुङ्गीको चित्रकला प्रदर्शनी गरेकी हुन्।

हिरालालले पाँच दशकभन्दा लामो समय चराचुरुङ्गीलाई चित्रकलाको विषय बनाएका थिए। डंगोलले चराको चित्र तयार पार्ने क्रममा चराको अध्ययन गरेका थिए। उनका चरा चित्रकला विश्वका धेरै ठाउँमा पुगेका छन्।

‘हिरा बाई मीना डंगोल : ‘अ ट्रिब्युट टु हिरा लाल डंगोल’ शीर्षकको चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले तयार पारेका करिब तीन दर्जन चित्र प्रदर्शनमा राखिएका थिए। प्रदर्शनीका अधिकांश चित्रमा कलाकार डंगोलले लाटोकोसेरो (उल्लू) का विभिन्न भाव–भंगिमा प्रस्तुत छन्।

प्रदर्शनीमा लाटोकोसेरोमै आधारित आधा दर्जनभन्दा बढी चित्रकला प्रदर्शन गरियो। प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कलाकार डंगोलले काकाकुल, कालिज, सेतो बकुला, ठूलो डुन्डुल, लाटोको सेरो, हिम उल्लू, डाँफे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल, सेतो बकुलो, लामपुच्छ्रे आदि चराचुरुङ्गीलाई चित्रकलामा समावेश गरेकी थिइन्।

बुवा हिरालाल डंगोलकै प्रेरणाले आफू चित्रकलामा सक्रिय भएको मीनाले बताइन्। बाबुकै सानिध्यताका कारण आफूले चराका चित्र बनाएको उनले सुनाइन्।

केही वर्षअघि बाबुसँगै 'बर्ड्स अफ नेपाल’ शीर्षकको सामुहिक चित्रकला प्रदर्शनीमा सहभागी मीनाको यो  पहिलो एकल चित्रकला प्रदर्शनी हो।

प्रदर्शनीमा उठेको रकमको अंश जेसिआई काठमाडौंमार्फत ‘छोरीलाई पनि शिक्षा’ शीर्षकको सामाजिक तथा शैक्षिक कार्यका लागि प्रदान गरिने उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.