दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु

काभ्रे : काभ्रेमा छुटाछुटै दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।बिपी राजमार्गको रोशी गाउँपालिका-८ गिम्दीवेशीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो। काठमाडौंबाट बर्दिबास जाँदै गरेको ना ६२प ७३१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ सल्यान-३ घर भएका ३५ वर्षीय भोजनारायण श्रेष्ठको मृत्यु भएको हो।

उनी कालिसिद्धी गण बर्दिबासमा कार्यरत नेपाली सेनाका अमलदार हुन्।उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको राजमार्गअन्तरगत बनेपा- १० साझा पेट्रोल पम्पको मोडमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५७प ९४६९ नम्बरको मोटरसाइकलाई काठमाडौंबाट बनेपा आउँदै गरेको बा १७ प ८११२ नम्बरको स्कारपियोले ठक्‍कर दिँदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये बनेपा-१२ कोटथुम्का २१ वर्षीया रविन थापाको उपचारको क्रममा अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

सो दुर्घटनामा परी सोही ठाउँका सविन थापा घाइते भएका थिए। उनको शीर मेमोरियल अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो १ बजे सोही ठाउँमा अर्को दुर्घटना भएको छ। बनेपाबाट साँगा जाँदै गरेको बा ९९प ३३९७ नम्बरको स्कुटीले बा ६ ख ७३१५ नम्बरको ट्रकलाई ओभेरटेक गर्ने क्रममा ट्रकको पछाडीको भागमा ठोक्‍किएर स्कुटरमा सवार एक पुरुषको मृत्यु भएको छ। उनको वतन खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.