युवा जनप्रतिनिधिलाई अभिमुखिकरण तालिम
काठमाडौं : चालिस वर्ष मुनिका युवा जनप्रतिनिधिको सहभागितामा अभिमुखिकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। अमेरीकन युथ काउन्सिलद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रदेश–३का जनप्रतिनिधि सहभागि थिए।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सामुहिक भावनाबाट मात्र समग्र देशको विकास हुने बताए। युथ काउन्सिल जस्ता संस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेको समेत प्रष्ट पारे।
युवा नेतृत्वको सहकार्यबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने अवधारण्का साथ आयोजना भएको कार्यक्रमका सभापति समुन्द्र तिमल्सिनाले बताए। त्यस्तै कार्यक्रममा लेखक निलम कार्की नेहारीकाले नेपालि महिलाका निमित्त राष्ट्रिय मुलधारमा प्रशस्त अवसर रहेको प्रष्ट्याइन्।
नेपाली कांगे्रसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवाको भावना पन्छाएर देश समृद्ध नबन्ने प्रष्ट पारे। त्यस्तै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले अब युवा आफै अघि बढ्नुपर्ने सुझाव दिए।
अमेरीकी दुतावासकी राजनीतिक विभाग प्रमुख रोजी कट्टेलले यहाँका युवाहरु लहैलहैमा मात्र लागेको बताइन्। अब युवाले आफैसँग प्रतिस्पर्धा गर्नूपर्ने उनको सुझाव थियो। त्यस्तै राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य डा.सुमित्रा अमात्यले राज्यले नीति तथा कार्यक्रममा बनाउदा युवालाई विशेष प्रथामिकतामा राख्नु पर्ने बताइन्।