योगेश भक्कानिँदा माधवको आँखामा आँशु
काठमाडौं : योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि बधाई दिन प्रतिनिधिसभाको अन्तर्राष्ट्रि सम्बन्ध समितिले बोलाएको थियो। समितिमा नेकपा वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपाल पनि छन्।
बैठकमा पुगेका भट्टराईले आफ्नो विगत सम्झिए। २०४३ ताका नगरपञ्चायत चुनावमा पार्टीले उपयोगको नीति लिएको थियो। ‘हामी त्योबेला रातदिन प्रचारमा लाग्थ्यौँ। त्यही क्रममा म बिरामी भएँ। टिचिङ अस्पतिालमा उपचार गरियो’, उनले भने, ‘डाक्टरले मेरो आश मारिसकेका थिए। त्यो बेला उहाँ (माधवकुमार नेपालको स्पर्श पाएको हुँ।’
घटनाको व्यख्या गर्दै भट्टराई भक्कानिए। भट्टराई भक्कानिँदा नेपालको भने आँखामा आँशु देखिन्थ्यो।