संसद् बैठक सर्यो, दलहरुबीच कुरा मिलेन
काठमाडौं : संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा दलहरुबीच समझदारी नजुटेकोले सोमबार बिहान ११ बजे बोलाइएको संघीय संसद्को बैठक १ बजे सारिएको छ।
अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा दलहरुबीच छलफल जारी रहेकोले बैठक सारिएको सूचना संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेका छन्।
सभामुख कृष्णबहादुर महराले संसद् गतिरोध अन्त्य गर्ने सम्बन्धमा दलहरुको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले गैरन्यायिक हत्याको छानबिन लगायतका विषयमा सरकार गम्भीर नभएको भन्दै संसद्मा अवरोध गर्दै आएका छन्।