देउवाले स्याङ्जा पुगेर भने : दुईतिहाइ सरकार विपक्षीलाई पेलेर बढेको छ
स्याङ्जा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार विपक्षीलाई पेलेर अघि बढेको टिप्पणी गरेका छन् ।
नागरिकका मौलिक हकको रक्षा गर्दै राष्ट्र हित विपरित भएका गतिविधि रोक्न नेपाली कांग्रेसले आवाज उठाउने बताए । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका तत्कालिन सभापति कमलप्रसाद पंगेनीको प्रथम वार्षिक सभालाई पंगेनीको जन्मथलो भीरकोटमा सोमबार सम्वोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
लोकतान्त्रिक व्यवस्था, वाक स्वतन्त्रता र मानवअधिकारका पक्षमा नेपाली कांग्रेस विचलित नहुने उनको भनाइ थियो । कार्यक्रममा पूर्वउपसभापति एवं पूर्व उपप्रधानमन्त्री र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य धनराज गुरुङ र गगन थापाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेकोमा जोड दिए ।