बच्चालाई बाबुभन्दा आमाले सिकाउँदा प्रभावकारी

बच्चालाई बाबुभन्दा आमाले सिकाउँदा प्रभावकारी

काठमाडौं : स्कुले बालबालिकालाई घरमा बाबुभन्दा आमाले सिकाउँदा प्रभावकारी देखिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि जान्न शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले अध्ययन गरेको हो।

परिवारका सदस्यमध्ये आमाले सिकाएको विषयवस्तु प्रभावकारी हुने अध्ययनले देखाएको छ। कक्षा ५ का गणित र नेपाली विषयमा विद्यार्थीको उपलब्धि गत वर्ष परीक्षण गरेको थियो। उनीहरूको क्षमतालाई माइनस २ देखि प्लस २ सम्मका ऋणात्मक र धनात्मक संख्यामा विकास गरिएको थियो। बीचको अंक शून्यलाई ५ सय मानेर शून्यभन्दा तलका क्षमतालाई ५ सयभन्दा न्यून र शून्यभन्दा माथिका क्षमतालाई ५ सयभन्दा माथि मानी औसत निकालिएको केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले बताए।

विद्यार्थी आफैंले पढ्दा नजानेको विषयवस्तुमा कसले सहयोग गर्छ भनी सोधिएको थियो। नेपालीमा बुवाले पढाउँदा सिकिन्छ भन्ने विद्यार्थी औसतभन्दा कम देखिएको छ। बुवाले नेपाली सिकाउँदा राम्रोसँग जानिन्छ भन्ने विद्यार्थी ४ सय ९७ मात्र देखियो। आमाले सिकाउँदा राम्रोसँग बुझिन्छ भन्नेहरू औसतभन्दा माथि अर्थात् ५ सय २ छन्।

गणित विषय आमाले सिकाउँदा राम्रो हुन्छ भन्नेहरू औसत अर्थात् ५ सय देखिएका छन्। बाबुले सिकाउँदा गणित सिकिन्छ भन्ने विद्यार्थी औसतभन्दा माथि अर्थात् ५ सय १ छन्। परिवारका सबै सदस्यले सिकाएभन्दा पनि ट्युसन पढे धेरै प्रभावकारी हुने अध्ययनले देखाएको छ। ट्युसन पढेकाको उपलब्धि नेपाली र गणितमा क्रमश ः ५ सय १० र ५ सय ११ छ। साथीहरूले सिकाउँदा नेपाली र गणितको सिकाइ उपलब्धि क्रमश ः ४ सय ९७ र ४ सय ९५ छ। दाजु वा दिदीले सिकाउँदा नेपालीमा औसत अर्थात् ५ सय र गणितमा औसतभन्दा थोरै मात्र कम अर्थात् ४ सय ९९ रहेको केन्द्रका अधिकृत श्यामप्रसाद आचार्यले बताए।

अध्ययनमा नेपालीका लागि १४ हजार २ सय ७ र गणितमा १४ हजार १ सय ७४ जनालाई समावेश गरिएको थियो। दुवै विषयको अध्ययन गर्न ७÷७ सय विद्यालय छनोट गरिएको थियो। सामुदायिक र संस्थागत गरी १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थी, १ हजार ४ सय शिक्षक र १ हजार ४ सय प्रधानाध्यापकलाई अध्ययनमा समावेश गरिएको थियो। अध्ययनअनुसार प्रदेश ३ का विद्यार्थीको उपलब्धि सबैभन्दा उच्च छ। नेपालीमा कर्णाली, प्रदेश २ र सुदूरपश्चिम प्रदेश कमजोर देखिएका छन्। गणितमा प्रदेश १, ५ र कर्णालीका विद्यार्थी कमजोर छन्। गणितमा छात्रको उपलब्धि राम्रो छ। नेपालीमा छात्रा अब्बल देखिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.