नेता सिंह अस्पतान भर्ना
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। मधुमेह र ज्वरो बढेपछि नेता सिंह सोमबार मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।
सिंहका स्वकीय सचिव यूपी लामिछानेका अनुसार मधुमेह, ज्वरो र पिसाबको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको हो। नेता सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको लामिछानेले जानकारी दिए।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए।