मानिस जत्तिकै हुन सक्छन् रोबोट ?

मानिस जत्तिकै हुन सक्छन् रोबोट ?

मानिस जस्तै देखिने रोबोट बनाउने टे«न्ड हिजोआज बढेको छ। हलिउडमा रोबोटमा आधारित धेरै फिल्महरू बनेका छन्। ‘एभेन्जर्सः द एज अफ अल्ट्रन’ र च्यानल ४ को साइन्स फिक्सन ‘ह्युम्यान्स’मा रोबोटलाई मानिसको धेरै नजिक देखाइएको छ। ती फिल्ममा रोबोटका सन्तान पनि हुन्छन्। ती प्राणीले मानिसजस्तै चेतना र भावनालाई पनि बुझ्न सक्छन्।

ह्यान्सन रोबोटिक्सका प्रमुख वैज्ञानिक डाक्टर बेन गोटर््जेलले आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर तयार पारे। यसको आधारमा उनले सोफिया नामको एक रोबोट बनाए। जुन रोबोट विश्वभर चर्चित छ। रोबोट मानिस जस्तै देखिनुपर्छ भन्ने उनको मान्यता हो। रोबोटको बारेमा मानिसको मनमा रहेको जिज्ञासा समाधान होस् भन्ने उनी चाहन्छन्। मानिसले आफूजस्तै रोबोट हेर्न चाहने हुनाले आउने दिनमा यस्तै रोबोट निर्माण हुने उनले बताए। मानिस जस्तै देखिने रोबोट बने भने मानिसले ती रोबोटलाई आदेश दिन सक्नेछन्। त्यसैगरी आफ्ना निजी विषयमा समेत कुरा गर्न सक्नेछन्।

अहिले २० वटा नयाँ रोबोट बनाइएको छ। यीमध्ये ६ वटा रोबोट विश्वभर प्रयोग भइरहेका छन्। ती रोबोटको प्रयोग भाषण दिन र प्रशिक्षण दिनको लागि गरिएको छ। धेरै कम्पनीहरूले आफ्ना ग्राहकलाई लोभ्याउनका लागि सोफियाको प्रयोग गर्ने उद्देश्यले ह्यान्सन रोबोटिक्सका वैज्ञानिकहरूसँग सम्पर्क गरेका छन्। तर, रोबोटको निर्माण धेरै खर्चिलो भएकाले सबैका लागि यो सम्भव भएको छैन।

रोबोट विद्रोही हुन सक्छन् ?

इन्ट्युसन रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत डाक्टर स्क्युलर रोबोटले मानिसजस्तै देखिने र बोल्ने रोबोट सुरुदेखि नै अस्वीकार गरेका छन्। उनको कम्पनी एलिक्युले सानो सामाजिक रोबोट बनाउँछ। उक्त रोबोटले बूढाबूढीलाई एक्लोपना हुन दिँदैन। उनी भन्छन्, ‘मानिसलाई सम्झाउनु आवश्यक छ। रोबोट एक यन्त्र हो। साँच्चिकैको मानिस होइन।’

अर्का वैज्ञानिक मसाहिरो मोरीका अनुसार रोबोटहरू जति मानिसको नजिक हुन्छन् त्यति नै मानिस उनीहरूसँग डराउनुपर्छ। त्यति नै उनीहरू विद्रोही पनि हुन्छन्। रोबोट मानिस जत्तिकै नैतिकवान् होऊन् भन्ने अपेक्षा गर्नु गलत रहेको उनको भनाइ छ।

कार्नेगी मेलन विश्वविद्यालयको रोबोटिक्स इन्स्टिच्युटका प्राध्यापक डा.रिड सिमन्स मानिसले आफूजस्तै देखिने जति पनि रोबोट आफ्नो चारैतिर देख्छ, त्यति नै मानिस रोबोटसँग अभ्यस्त हुन्छ। उनका अनुसार भविष्यमा यस्तो समय पनि आउन सक्छ जहाँ मानिस एकअर्कासँग भन्दा पनि रोबोटसँग सहज हुनेछन्।

दयालु रोबोट आवश्यक

अहिले विश्वमा मानिसभन्दा बढी दयालु रोबोटको आवश्यकता छ। तर धेरै रोबोटिक्स र कम्प्युटर वैज्ञानिक यो कुराप्रति सहमत छैनन्।

भावना एक विशिष्ट मानवीय गुण हो। यो जीवित मानिसको लक्षण हो भन्ने उनीहरूको भनाइ छ।

दिमागको नक्कल गर्न मुस्किल

ब्ल्याक मिररको भर्खरैको अंकमा पपगायिका मायली साइरस यस्तो भूमिकामा देखिएकी छन् जसले आफ्नो पूरै पहिचान एक आर्टिफिसियल इन्टेलिजेन्स सिस्टममा डाउनलोड गरेकी छिन्। ‘एसले ट’ नामको गुडिया बनाउन सकियोस भन्ने उनको उद्देश्य हुन्छ। तर वैज्ञानिकका अनुसार मानिसको लागि आफ्नो दिमाग र व्यक्तित्वलाई रोबोटमा डाउनलोड गर्न सम्भव छैन। मानिसको दिमागको नक्कल कुनै पनि हालतमा गर्न सकिन्न भन्ने उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.