संसद्‍मा विरोध खतिवडाको प्रश्न : बाबुराम भट्टराई बस्ने ठाउँ कहाँ हो?

संसद्‍मा विरोध खतिवडाको प्रश्न : बाबुराम भट्टराई बस्ने ठाउँ कहाँ हो?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले संसदमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बस्ने स्थान प्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै मंगलबार खतिवडाले डा.भट्टराई बस्ने स्थानको खोजी गरेका हुन्। 

सत्तारुढ फोरम र नयाँ शक्तिबीच एकता भएपछि पनि डा.भट्टराई पुरानै स्थानमा बस्दै आएका थिए। ‘पूर्वप्रधानमन्त्री माननिय डाक्टर बाबुराम भट्टराईजी अहिले जहाँ बसिरहनु भएको छ, त्यही नै सही हो वा व्यवस्थापन नगरेको हो? या उहाँले एकता पक्रियालाई सही गरेर इन्कार गर्नु भएको हो?’, सांसद खतिवडाले भने,‘म पूर्वप्रधानमन्त्रीज्यूलाई बस्ने उपयुक्त ठाउँको व्यवस्था गर्दै ठाउँ देखाइदिन अनुरोध गर्दछु।’ 

खतिवडाको जवाफमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगबाट औपचारिक पत्र नआएकाले डा.भट्टराईको बस्ने स्थान परिवर्तन नभएको बताइन्।     

‘माननियज्यू निर्वाचन आयोगबाट औपचारिक रुपले पत्राचार नभएको कारणले गर्दा उहाँ पहिले जुन स्थानमा बस्नु भएको छ अहिले त्यही स्थानमा हुनुहुन्छ’, उनले भनिन्,‘निर्वाचन आयोगबाट औपचारिक पत्राचार भइसकेपछाडि उहाँलाई यथास्थानमा बस्ने व्यवस्था गर्नेछौं।’   डा. भट्टराई अहिले स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभा बैठकमा सहभागी हुँदै आएका छन्।    
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.