‘पेशी निस्केपछि मोबाइल बन्द गर्नू’

‘पेशी निस्केपछि मोबाइल बन्द गर्नू’

काठमाडौं : उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दा सुनुवाइका लागि पेशी सूची प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीलाई मोबाइल बन्द गर्न निर्देशन दिएका छन्। अदालतमा विचौलियालाई नियन्त्रण गर्न गेटबाटै प्रवेशमा निगरानी गरी व्यवस्थापन गर्न भनिएको छ।

न्यायाधीश एवम् कर्मचारीले आचारसंहितामा गम्भीर हुन पनि मुख्य न्यायाधीश सुवेदीले निर्देशन दिएका छन्। पेशी सूची प्रकाशित भएपछि आवश्यक कर्मचारी बाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन भएको छ। 

उच्च अदालत पाटनमा पेशी सूचीमा मुख्य न्यायाधीशलाई प्रभाव पार्ने गरिएको गुनासो उठिरहेका बेला उक्त निर्देशन भएको छ। 

उक्त निर्देशन उच्च अदालत पाटनसहित क्षेत्राधिकारभित्र पर्ने काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, काभे्र, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई लगू हुने छ। 

निर्देशनमा पुरा समय कार्यसम्पादन गरेपछि मात्र बाहिर निस्कनसमेत भनिएको छ। यसैगरी फैसला लेखनमा तिब्रता, समयको पालना तथा कार्य सम्पादनमा प्रभावकारिता ल्याउन पनि भनिएको छ। 

पूर्वाधार अभावले इजलास बस्न नसक्ने अवस्था भएपनि पुरा समय अदालतमा बस्नसमेत निर्देशन भएको छ। पुराना मुद्दा घटाउने विषयमा प्रभावकारी कदम चाल्न पनि निर्देश भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.