संसदीय प्रणाली मै खतरामा छ : प्रदीप गिरी

संसदीय प्रणाली मै खतरामा छ : प्रदीप गिरी

काठमाडौं : प्रतिनिधिसभा सांसद प्रदीप गिरीले संसदीय प्रणाली नै खतरामा परेको संकेत गरेका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै मंगलबार गिरीले संसदीय प्रणाली असफल हुने विभिन्न संकेत देखिएको भन्दै यस्ताे बताएका हुन् । 

‘प्रतिनिधिसभा भनिएको सभालाई आगामी वर्षमा चलाइराख्ने, गन्तव्यमा पुर्‍याउने र सफलतामा लैजाने कुरा सजिलो छैन, सभामुख महोदय। बडो चुनौतीको कुरा छ’, सांसद गिरीले भने,‘देशका सारा तथ्य, हामीकहाँ रहको बेरोजगारी, हामीकहाँ रहेको परम्परा, हामीकहाँ रहेको आर्थिक क्रियाकलाप, हामीकहाँ रहेको भ्रष्टाचारले प्रकारान्तरमा यस प्रणालीलाई असफल बनाउने बाटो हेरिरहेका छन्।’ 

सांसद गिरिको भनाई जस्ताको तस्तै :

हिजोमात्र सत्तापक्ष र प्रतिपक्षबीच सर्लाहीको हत्या हिंसा र वारदातपछि समिती बनाउने सहमति भएको छ। समिती बनाउन सभामुखले गरेका कामका लागि धन्यवाद। कथाकथित संसदीय व्यवस्था। म कथाकथित भन्दै छु। यो मेरो भाषा होइन। यो त खसीको टाउँको देखाएर अर्कैको मासु बेच्ने व्यवस्था हो। यो त बोल्ने मात्र संगठन हो। यिनीहरु त हाम्रा वर्ग शत्रु हुन्।

यिनलाई नाश गर्नुपर्छ भन्ने एउटा पक्ष र होइन–होइन। यस्ता आतंकवादीलाई हामी टाउकोको मोल तोकिदिन्छौं।  टाउको काट झोलामा ल्याउ झोलामा पैसा लैजाउ भन्ने दुईटा पक्ष खतरनाक द्वन्द्वबाट आइपुगेका छौँ। हामीले होइन सकिन्छ। हामी सभ्य मानिस हौं। सभामा उपस्थित भएर एक अर्काको आलोचना र प्रत्यालोचना गरेर मुलुकका समस्या समाधान गर्न सक्छौं भनी हामीले यस संविधान मार्फत यस प्रतिनिधिसभालाई स्वीकार गरेका हौं। यो यस्तो सभा हो। जहाँ विश्वमा उदाहरण र नमुना छन्। जहाँ असहमत हुनका लागि सहमत हुइन्छ। 

हामी एग्री गर्छौं मुकाममा डिसएग्री गरौँला भनेर। त्यो समयमा हामी टिकाटिप्णी र आलोचना पनि गर्छौं। सभा अवरोध गर्ने कुरा संसारका संसदमा भइरहन्छन्। भारतले यो विषयमा अलि बढ्दा कीर्तिमान गरेको छ। बेलायत जस्ता मुलुकमा पनि यस्ता घटना हुन्छन्। सभा अवरोधका विषयमा हिजो गरेका सहमतिका बारेमा अहिले टिकाटिप्पणी हुँदैछन्। प्रतिपक्षीले हार्‍यो। प्रतिपक्षीले सम्झौता खोज्यो। होइन सत्तापक्ष आत्तियो। सत्तापक्षले प्रतिपक्षलाई मान्यो। यी मेरा कानमा परेका शब्दहरु हुन्। सँगसँगै यसका बारेमा पर्दा पछाडि नेपथ्यमा सत्तापक्षका निक्कै ठूलठूला नेताले पनि प्रतिपक्षी दलको सदस्य नै भइहाले म भन्दा ज्यादा जिम्मेवार सदस्यले कुरा गरेका हुन्।

हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर विशेष गरी सभामुखको सक्रियतामा कदम लिएको हो। यसका लागि राजनीतिक भनाभनको विषय बनाउनु  हुँदैन। यस प्रणालीलाई प्रतिनिधिसभा भनिएको सभालाई आगामी वर्षहरुमा चलाइराख्ने गन्तव्यमा पुर्‍याउने र सफलतामा लैजाने कुरा सजिलो छैन सभामुख महोदय। बडो चुनौतीको कुरा छ। 

देशका सारा तथ्य, हामीकहाँ हरेको बेरोजगारी, हामीकहाँ रहेको परम्परा, हामीकहाँ रहेको आर्थिक क्रियाकलाप, हामीकहाँ रहेको भ्रष्टाचार ले प्रकारान्तरमा यस प्रणालीलाई असफल बनाउने बाटो हेरिरहेका छन्। यस्तो बेलामा हामीले एक अर्कालाई सम्मान गर्नुपर्छ। एक अर्काको इराधालाई प्रश्नमा नल्याउने अठोट गर्नु परेको छ। 

बारम्बार भन्दै छु, जुन आर्थिक र भौगोलिक परिवेसमा बेलायमा संसद बन्यो। एक हदसम्म भारतले अनुसरण गर्‍यो त्यो नेपालमा गर्न काफी गाह्रो छ। त्यसैले हाम्रा प्रधानमन्त्री सर्वोपरी प्रतिपक्षी दलका नेता र सभामुखले जिम्मेवारीपूर्वक रुपमा यहाँ सदभाव राख्नुहोला भन्ने मेरो विश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.