वीरगन्जमा गोली चल्यो

वीरगन्जमा गोली चल्यो

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१८ भवानीपुरमा मङ्गलबार पर्खाल निर्माणको विषयमा विवाद हुँदा गोली चलेको छ। भवानीपुरमा स्थानीय मोहन साहले टयाक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेशकुमार पटेलले सडकमै टहरा बनाउन लागेको भन्दै अवरोध गर्न खोजेपछि विवाद भएको हो । विवाद चर्केपछि मोहन साहका छोरा कुन्दन साहले गोली चलाएका हुन्। प्रहरीले गोली चलाउने कुन्दन र उनका बुबा मोहन साहलाई पक्राउ गरेको छ।

पटेल र साहबीच झगडा हुँदा साहका छोरा कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। गोली चले पनि मानवीय क्षति भने नभएको प्रहरी उपरीक्षक राठौरले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले गोली चलाउने कुन्दन र उनका बुबालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रोठौरले जानकारी दिए। घटनास्थलबाट प्रहरीले फायर भएको १ राउण्ड कार्टिज (गोलीको खोका ) फेला पारेको छ। 

गोली चलेको खबर पाएलगत्तै घटनास्थलमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको प्रहरी टोली पुगेको थियो।

प्रहरीले मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक र त्यसमा लाग्ने ४ राउण्ड गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए। 

वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मीका अनुसार सडक छेउको आफ्नो जग्गामा साहले टयाक्टर राख्ने टहरा बनाउने क्रममा सडक मिचेर पर्खाल उठाएको भन्दै छिमेकी पटेलले विरोध गरेपछि केहि दिन यता विवाद हुँदै आएको थियो। त्यहि विषयमा मङ्गलबार दुवैजना बीच विवाद हुँदा साहका छोराले घरमा रहेको बन्दुकले हानेको वडा अध्यक्ष कुर्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.