संसदीय समितिमा मन्त्रीले जवाफै दिन सकेनन्

संसदीय समितिमा मन्त्रीले जवाफै दिन सकेनन्

काठमाडौं : राष्ट्रिय महत्त्वका दस्तावेजको विषयमा जानकारी लिन मंगलबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले दुई मन्त्रीलाई बोलाएको थियो।  समिति बैठकमा सहभागी थिए-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल। 

प्रतिनिधिसभा बैठकमा जानुपर्ने भएको भन्दै मन्त्री पोखरेल समिति बैठकमा ढिला गरी आए। तर, उनलाई बैठकको विषयमा भने जानकारी थियो। यसअघि नै समितिले पत्र लेखेर विषयका बारे जानकारी गराएको थियो। बैठकमा पनि सभापति रामनारायण बिडारीले पनि जानकारी गराएका थिए। 

बोल्न समय पाएका मन्त्री पोखरेलले आफूले यसअघि नै विषयका बारेमा जानकारी पाएको र मन्त्रालयमा पनि छलफल गरेको बताए। तर, उनले राष्ट्रिय महत्त्वका दस्तावेजका विषयमा बोलेनन्। 

बरू यसअघि समितिले मगाएको मन्त्रालयको निर्देशिका, विनियम र आदेशका विषयमा समितिलाई जानकारी गराए। दस्तावेजका विषयमा मन्त्री पोखरेलले भने, ‘तपाईँहरुले जानकारी गराएपछि हामी बस्यौँ। तपाईँहरुले माग गरेको विषयमा हामी तयार भएका छैनौँ।’ 

उनले राष्ट्रिय महत्त्वको दस्तावेज केलाई भन्ने विषयमा नै व्यापक छलफल गर्नुपर्ने बताए। ‘केलाई राष्ट्रिय महत्त्व दस्तावेज भन्ने यो विषयमा हामी व्यापक रूपमा छलफल गरौँ।’

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.