दुईजिब्रे केकी
महिलाविरुद्ध हिंसाको कुरामा सबैभन्दा चर्को बोल्ने अभिनेत्री हुन्, केकी अधिकारी।धेरै टाढा जान पर्दैन, भर्खरै पनि शिल्पा पोखरेलमाथि भएको घरेलु हिंसामा उनले लेखेको स्ट्याटसले खूब चर्चा पायो।तर, बोल्नु र आफैँमा लागू गर्नु फरक कुरा हो।त्यो अरूले होइन, केकी स्वयंले चरितार्थ गरिन्।महिलाको शरीरलाई वस्तुसँग तुलना गरेको भन्दै बेलाबखत चर्कने केकीले मित्र आर्जन पाण्डेले गाएको त्यस्तै गीतको सामाजिक सञ्जालमा प्रमोट गरिन्।
आर्जनले अघिल्लो हप्ता ‘घाँटीभन्दा तल’ बोलको गीत सार्वजनिक गरेका थिए। गीत गाउने आर्जन अनि मोडलिङ गर्ने रिमा विश्वकर्मा।गीतलाई प्रमोट गर्नु केकीको कर्तव्य हुन आउँथ्यो।उनले कुनै कसर बाँकी पनि राखिनन्।गीत सेयर गरिन्, टिकटकमा भिडियो बनाइन्।तर, जब गीत विवादमा पर्यो, उनले हतार हतार टिकटकबाट भिडियो हटाइन्।तर, त्यतिञ्जेलसम्म दुनियाँले उनको दोहोरो चरित्र चाल पाइसकेको थियो।
एकातिर महिला अधिकारका ठूलठूला कुरा गर्ने, अनि अर्कातिर तिनै अधिकारका धज्जी उडाउने गीतको प्रचारप्रसार गर्ने ? केकीले फिल्ममा डबल रोल गर्न नपाएर के भो ? वास्तविक जीवनमा गरिरहेकै छिन् ।