लोकतन्त्रमा लोकसेवाको ‘कू’ स्वीकार्य छैन : किराती

लोकतन्त्रमा लोकसेवाको ‘कू’ स्वीकार्य छैन : किराती

काठमाडौँ : सांसद सुदन किरातीले लोकसेवा आयोगले लोकतान्त्रिक व्यवस्थामा ‘कू’ गरेको आरोप लगाएका छन्। 

किरात राई यायोक्खाको ३२ औँ स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै किरातीले लोकसेवा आयोगको संवैधानिक ‘कु’ आफूहरुलाई स्वीकार्य नहुने बताए। 

‘संविधानले व्यवस्था गरेको कुरामा आज आएर लोकसेवा आयोगले ‘कू’ गर्दा हामी मुकदर्शक भएर बसेका छौँ’, किरातीले भने, ‘हामीले यस्तो लोकतन्त्रको परिकल्पना गरेका थिएनौँ।’ 

उनले मन्त्रालयले भित्री रूपमा स्थानीय तहलाई कर्मचारी माग गर्न लगाएर लोकसेवा आयोगलाई विज्ञापन गर्न निर्देशन दिएको बताए। 

‘मन्त्रालयले भित्री रूपमा पत्र लेखेरै स्थानीय तहलाई कर्मचारी माग गराउने र लोकसेवा आयोगलाई निर्देशन दिने काम भइरहेको छ’, उनले सरकारलाई प्रश्न गरे, ‘के हामी कम्युनिष्ट मार्गदर्शनअनुसार चलिरहेका छौँ ?’

सांसद किरातीले आफू एकपटक जेल जान तयार रहेको बताउँदै लोकसेवाको कदमविरुद्ध सडक आन्दोलन गर्न आग्रह गरे। ‘मलाई एकपटक जेल जाने मन छ’, उनले भने, ‘तपाईँहरू आन्दोलनका लागि तयार हुनुहोस्।’
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.