सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने

सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने

काठमाडौं : आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने भएको छ। बुधबार दिउँसो भिषण आगलागी हुँदा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो।

 
बालुवाटारस्थ्ति सुबिसुको केन्द्रीय कार्यालयमा आगलागी हुँदा ठूलो भौतिक क्षति भएको छ।  आगलागीका कारण बालुवाटारबाट सेवा लिएका १० प्रतिशत इन्टरनेट सेवाग्राही प्रभावित भएको सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए। 

उनका अनुसार इन्टरनेटको सबै सर्भर तथा डाटा सेन्टरको ९० प्रतिशत सञ्चालन थापाथलीबाट हुने गरेकाले बालुवाटारको सेवा अवरुद्ध हुँदा जम्मा १० प्रतिशत मात्रै हाम्रा इन्टरनेट सेवाग्राही प्रभावित भएका छन्। 

पराजुलीले भने, ‘हाम्रो थापाथलीको डाटा सेन्टर चलेको छ। यसैबाट अधिकांश सेवाग्राहीलाई सुविधा दिएका छौं। बालुवाटारबाट दिइएको सेवामा अहिले करिब पाँच हजार ग्राहक मात्रै प्रभावित भएका छन्।’

प्रभावित सेवाग्राहीलाई पनि छिटोभन्दा छिटो सेवा दिने गरी बुधबारदेखि निरन्तर काम गरिरहेको सुबिसुले बताएको छ। सुबिसुका अनुसार क्रमशः सेवा सुचारु हुँदै पनि गएका छन्। अवरुद्ध सबै सेवा २४ घण्टाभित्रै पुनः सञ्चालन गरिसक्ने गरी काम भइरहेको पराजुलीको भनाइ छ। 

सुबिसुको बालुवाटार कार्यलयभित्रका करिब ९० करोड रुपैयाँ बराबरको इक्युपमेन्टको बीमा भएको छ। यो आगलामीमा कति क्षति भएको छ भन्ने बारेमा भने सामानको मूल्यांकन र क्षतिको पूर्ण विवरण संकलन गरेपछि मात्रै भन्न सकिने पराजुलीले बताए। 

सुबिसुको कार्यालयमा रहेको जेटेरेटरमा विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। जेटेरेटरमा करिब दुई हजार लिटर तेल रहेको र त्यसमा आगो लागेकालै एकैपटक ठूलो आगोको मुस्लो देखिएको थियो। आगो निभाउन दुई घण्टा लागेको थियो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.