उज्बेक युवतीको तस्करी, नेपाल हुँदै भारत पुर्‍याएर यौनधन्धा

उज्बेक युवतीको तस्करी, नेपाल हुँदै भारत पुर्‍याएर यौनधन्धा

काठमाडौं : उज्बेकिस्तानबाट नेपाल हुँदै भारतसम्म उज्बेकी युवतीहरूको मानव तस्करी भइरहेको फेला परेको छ। पर्यटक भिसामा आउने उज्बेकी युवतीहरूलाई नेपाल हुँदै भारतका विभिन्न पर्यटकीय स्थलमा पुर्‍याउने गरिएको छ। त्यसरी भारतसम्म उज्बेकी युवतीहरूलाई पुर्‍याउन केही भारतीयको संलग्नता देखिएको छ।

नेपाली र भारतीय पर्यटकीय स्थलमा राम्रो कमाइ हुने भन्दै मानव तस्करले उनीहरूलाई नेपाल ल्याउने गरेका छन्। उनीहरू नेपाल–भारतका पर्यटकीय स्थलमा यौन व्यवसायमा संलग्न हुने गरेको स्रोतले बताएको छ। उज्बेकिस्तानबाट त्यहाँका तस्करले उनीहरूलाई नेपालसम्म यात्रा तय गरिदिने गरेका छन्। यहाँ आएपछि उनीहरूलाई नाका छलेर तस्करले स्थलमार्गबाट भारतका विभिन्न ठाउँमा पुर्‍याउने गरेका छन्।

कतिपय उज्बेकी राहदानीसहित र कतिपय काठमाडौंमा नै राहदानी छाडी स्थलमार्गबाट भारतका विभिन्न ठाउँ जाने गरेको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन्। उज्बेकी युवती ठूलो संख्यामा र्‍याकेटकै रूपमा आउने गरेका छन्। अघिल्लो महिना मात्र अध्यागमन विभागले अवैध ढंगले बस्दै आएका ५ उज्बेकी युवतीलाई निष्काशन गरेको थियो।

निष्काशितहरू कोही ओभर स्टे छन् भने केहीले ओभर स्टे भएपछि आफ्नो राहदानीमा नेपालको नक्कली प्रवेशाज्ञा टाँसेर बसेका छन्। विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले अवैध तवरबाट बस्दै आएका ५ उज्बेक युवतीलाई निष्काशन गरेको पुष्टि गरे। उनले भने, ‘उज्बेकीहरू शंकास्पद ढंगमा नेपाल–भारत आवागमन गरेको देखिन्छ। केहीले त नक्कली भिसासमेत टाँसेका छन्।’ यौन व्यापार गर्न आएका उज्बेकी युवतीले र्‍याकेट नै चलाएको सुरक्षा अधिकारीले बताए।

पर्यटक भिसामा नेपाल आउने उज्बेक युवतीहरू एक भिसा वर्षमा १ सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्। उनीहरूको नेपाल आवागमन बर्सेनि बाक्लिएको छ। उनीहरू भिसाको म्याद रहँदै स्वदेश फर्कन चाहँदैनन्। कम्तीमा ६ महिनादेखि २ वर्ष ओभर स्टे हुन्छन्। त्यसबीच उनीहरूले अवैध तवरबाट अनेकौं पटक नेपाल–भारत ओहोरदोहोर गर्छन्। सुरक्षा अधिकारी उनीहरू संगठित यौन व्यवसाय सञ्चालन गर्नकै लागि नेपाल–भारतका विभिन्न ठाउँमा बस्ने बताउँछन्।

पक्राउ परेपछि समेत सत्य बताउँदैनन्। अधिकांशले झुटो बयानमा दिन्छन्। घुम्न आएको बताउने उनीहरूसँग भारतको भिसा नभए पनि त्यहाँका पर्यटकीय स्थलमा सहजै जान्छन्। निष्काशितमध्ये एक हुन् ३१ वर्षीया उज्बेकी सार्हानोजा। उनी पर्यटक भिसामा आइन्। त्यसपछि उनी भारत पुगिन्। स्रोतका अनुसार एक भारतीयले उनलाई भारत पुर्‍याउन सघाएका थिए। भारत बसाइमा उनको नेपाली प्रवेशाज्ञाको म्याद सकियो।

ती भारतीयले उनीबाट २ लाख भारतीय रुपयाँ लिएर नक्कली भिसा टाँसिदिए। ती भारतीयले उनलाई सक्कली राहदानी मिलाइदिएको भनेका थिए। नेपालको भिसा स्टीकर हुलाक टिकट जस्तो छ, जो कोहीले सजिलै केरमेट र स्क्यान गर्न सक्छन्। त्यसपछि उनी स्थलमार्ग हुँदै नेपाल छिरिन्। स्वदेश फर्कने क्रममा उनी विमानस्थलमा पक्राउ परिन्। ओभर स्टेबापतको २ लाख रुपैयाँ तिरेपछि अध्यागमनले उनलाई स्वदेश फर्काएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.