४९ शिष्यसहित सद्‍गुरु मुस्ताङमा

४९ शिष्यसहित सद्‍गुरु मुस्ताङमा

मुस्ताङ : भारतका चर्चित आध्यामिक गुरु सद्गुरु जग्गी वासुदेव ४९ शिष्यसहित मंगलबार हिमालपारीको जिल्ला मुस्ताङ आएका छन्। उनी कैलाश मानसरोवरको भ्रमणका लागि मुस्ताङ आएको प्रहरीले पुष्टि गरेको छ।

चीनको तिब्बतमा पर्ने मानसरोवर ४ हजार ५९० मिटर उचाईमा छ। 'हाई अल्टिच्युड' मा रहेको मानसरोवर जाँदा सजिलो होओस् भनेर उनको टोली केही दिन मुस्ताङ आएको बुझिएको छ।

सद्‍गुरु विश्वभर योग दर्शन र अभ्यासमा काम गर्न इशा फाउन्डेसनक संस्थापक पनि हुन्।

मुस्ताङको थासाङ ३ कालोपानीमा त्रिपाल टाँगेर बसेको सद्गुरुको टोली। फोटो सौजन्यः ईन्द्रसिंह शेरचन


 प्रहरी कार्यालयका मुस्ताङका प्रहरी प्रमुख तुलबहादुर कार्कीले सद्गुरु वासुदेवको मुस्ताङ भ्रमण नितान्त आध्यात्मिक भएको जानकारी दिए। उनले सिम्रिक एयरको हेलिकप्टरमा सद्गुरुको टोली थासाङ ३ कालोपानीमा अवतरण गरेको बताए।

सद्गुरु मुस्ताङ बसाईमा हिमाली क्षेत्रमा ट्रेकिङ गर्नेछन्। सुन्दर हिमाली वातावरण अवलोकन गर्ने, शिष्यहरूलाई ध्यान र योग गराउने उद्देश्य भ्रमणको रहेको प्रहरीलाई जानकारी गराइएको कार्कीले बताए।

प्रहरी प्रमुख कार्कीले सद्गुरुलाई आवश्यकता अनुसार सुरक्षा उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार टोलीमा अमेरिका, चीन, लेबनान र भारतका शिष्य सहभागी छन्।

बुधबार ट्‍विटरमा पोस्ट गरेको भिडियोमा उनी सिम्रिक एअरका क्याप्टेन सुरेन्द्रसँग कुरा गर्दै गरेका देखिन्छन्।

अर्को एक फोटोमा उनी ८ हजार ४०० फिट उचाई रहेको कालापानीमा देखिन्छन्। 'भोलि हाम्रो गोडा, फोक्सो र मुटुको शक्ति देखिनेछ', उनले लेखेका छन्।

सद्गुरुको मानसरोवर भ्रमणसहित ३ हप्ताको बसाई रहने कर्णाली ट्रेकिङ अगुवा टंक दुवाडीले जानकारी दिए।

सद्गुरु वासुदेव ६१ वर्षका छन्। उनलाई प्राकृतिक हिमाल, पहाड र मनोरम प्राकृतिक दृष्य औधि मन पर्ने दुवाडीले बताए। दुवाडीका अनुसार सत्गुरु वासुदेवको टोलीले उक्त क्षेत्रको नाउरिकोट, टिटी ताल र कालोपानी लगायतका स्थानमा ६ दिन बिताउने छन्।

सद्गुरुलाई भारत सरकारले सन् २०१७ मा आध्यात्मिक क्षेत्रमा पुर्‍याएको योगदानबापत् पद्म विभूषणद्वारा सम्मान गरेको थियो।

उनले विश्वका उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, हार्वर्ड, स्ट्यान्फोर्ड, एमआईटी लगायतमा आध्यात्मिक प्रवचन दिइसकेका छन्। सद्गुरुले 'इनर इन्जिनीयररिङ' कार्यक्रम समेत सञ्चालन गर्छन्।

सन् १९७५ मा भारतको कर्नाटक राज्यको मैसूरमा जन्मिएका जग्गी वासुदेव ११ वर्षकै उमेरदेखि योगसाधानामा लागेका थिए।

सद्गुरुले लेखेका कयौँ चर्चित पुस्तकहरू पनि छन्। उनका ८ भाषामा १०० भन्दा बढी पुस्तक लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.