स्युचाटार सहकारीमाथि किर्तेको आरोप

स्युचाटार सहकारीमाथि किर्तेको आरोप

काठमाडौं : स्युचाटार बचत तथा ऋण सहकारी संस्थाले कीर्ते गरी ठगी गरेको छ। संस्थाले सदस्य दिलीपबहादुर गौतम क्षेत्रीले इच्छाएको व्यक्तिको नाम गैरकानुनीरूपले परिवर्तन गरेको आरोप लगाइएको छ।

संस्थाका सदस्य गौतमको मृत्युपश्चात इच्छाएको व्यक्ति रबी क्षेत्रीको नाम केरमेट गरी काल्पनिक नाम खडा गरेर रमादेवी क्षेत्रीको नाम राखेको हो। संस्थाले बिना आधार, बिना प्रमाण र कहीँ कतै कुनै नियम कानुनसँग मेल नखाने गरी रमाको नाम राखेर जालसाझी गरेको दिलीपका छोरा रबीले जानकारी दिए।

दिलीपको २०६९ जेठ ३ गते मृत्यु भएको थियो। ‘बाबुको मुत्युपश्चात खातामा रहेको आठ लाख रुपैयाँ निकाल्न खोज्दा मेरो नाम काटी गैरकानुनीरूपमा अर्कैको नाम राखिएको रहेछ’, रबीले भने। संस्थाले दिलीपको मृत्युको भोलिपल्ट उनकै नाममा रकम झिकेको पीडित रबीले बताए।

क्षतिले न्यायका लागि विभिन्न निकायमा धाएदपनि अझै न्याय पाउन सकेका छैनन्। रबीले उचित न्यायसहितको निर्णय पाउँ भन्दै २०७५ असोजमा तत्कालीन कृषि, भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रीलाई सम्बोधन गर्दै निवेदन दिएका थिए। मन्त्रालयले सहकारी विभाग र स्युचाटार बचत तथा ऋण सहकारी संस्थालाई बोधार्थ पठाउँदै संलग्न कागजातका आधारमा जालसाजी भएको देखिँदा पनि के कति कारणले न्यायिक कारबाही हुन नसकेको भन्दै प्रश्न उठाएको छ। उसले गत वर्ष असोजमा दोषीलाई कानुनी कारबाही गरी सातदिनभित्र जानकारी मागिए पनि रबीले अझैसम्म न्याय पाउन सकेका छैनन्।

संस्थाले सदस्य दिलीपबहादुर गौतम क्षेत्रीले इच्छाएको व्यक्तिको नाम गैरकानुनी रूपमा परिवर्तन गरेको छ।

रबीले गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहकारी मन्त्रालयलगायत सम्बन्धित क्षेत्रमा ध्यानाकर्षण गराए पनि न्याय पाउन नसकेको गुनासो गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले सहकारी मन्त्रालयलाई पत्राचार गर्दै न्याय दिलाउन ध्यानाकर्षण गराएका थिए। तर, सहकारी मन्त्रालयले आफ्नो क्षेत्राधिकार नभएको भन्दै उक्त मुद्दा प्रहरीसमक्ष पुगेको जनाएको छ। प्रधानमन्त्री कार्यालयले जनताबाट प्राप्त गुनासाको सीघ्र निक्यौल नगरिदिँदा सुशासन प्रवद्र्धनमा समेत नकारात्मक असर पर्ने भन्दै गुनासा फस्र्योट गर्न सहकारी मन्त्रालयलाई आदेश गरेको थियो।

दिलीप २०६३ मा स्युचाटार सहकारीको सदस्य बनी संस्थामा खाता खोलेका थिए। उनकी श्रीमती धन क्षेत्रीको २०६९ मा मृत्यु भएको थियो। पीडित क्षेत्रीले सहकारी विभागका तत्कालीन कानुन अधिकृतले स्युचाटार सहकारीले गरेको क्रियाकलाप नीति नियमविपरीत भएको ठहर गर्दैै प्रतिवेदन तयार पारे पनि विभागले आफ्नाविरुद्व निर्णय गरेको भन्दै गुनासो गरे। विभागले कानुनी फैसला नहुदाँसम्म सहकारीकै खातामा पैसा राख्ने निर्णय गरेको थियो।

स्युचाटार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष साधुराम गौतमले ३५ दिने सूचना निकाल्न लागेको जानकारी दिए। ‘उहाँको इच्छाएको रमादेवीलाई प्रमाणपत्रसहित आउन आह्वान गर्न लागेका छौं’, उनले भने। दिलीपले इच्छाइएका व्यक्ति दिलीप नभइ रमादेवी भएको तर उनी संस्थाको सम्पर्कमा नभए पनि रबी हकवाला नहुने जीकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.