बदला लिँदै ‘जाइरा’

बदला लिँदै ‘जाइरा’

काठमाडौं : एक वर्षअगाडि चलचित्र जाइराको घोषणाताका नायिका नम्रता श्रेष्ठ छोटो कपालमा देखिइन्। उनी मिक्स मार्सल आर्ट खेलाडीको रूपमा प्रस्तुत भएकी थिइन्। लुक र पहिरनले नै नम्रता एक्सन प्रधान चलचित्र खेल्दैछिन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो। घोषणाको एक वर्षपछि बुधबार फिल्मको टे«लर सार्वजनिक भयो। ट्रेलरमा नम्रता खेलाडी अवतारमा फिट देखिएकी छन्।

ट्रेलरमा नम्रताको प्रेम र बदला भाव देखिन्छ। उनी प्रेमीको मृत्युपश्चात् बदला लिन मार्सल आर्ट खेलाडी बनेकी छन्। यस क्रममा उनले प्रशिक्षण लिएको र बारम्बार असफल भएको देखिन्छ। फिल्मका लागि नम्रताले आफ्नो शरीर बनाउन ६ महिनाको शारीरिक प्रशिक्षणसमेत लिएकी थिइन्।

ट्रेलर सार्वजनिक भएपछि नम्रताले भनिन्, ‘एक्सन फिल्म त्यसमाथि मिक्स मार्सल गर्न सक्छु भन्ने एक प्रतिशत पनि विश्वास थिएन।’ चलचित्रको टिम राम्रो भएकोले नै उक्त भूमिका निभाउन सकेको उनले बताइन्।

कार्यक्रममा अभिनेत्री नम्रताले मार्सल आर्ट खेलाडी शारीरिक, मानसिक र भावनात्मक रूपमा तयार भएको अनुभव सुनाइन्। चलचित्रका लेखक तथा निर्देशक आशुतोष राज श्रेष्ठले चलचित्र जाइराले कथा भन्दा पनि प्रस्तुतिलाई प्राथमिकता दिएको बताए। उनले भने, ‘हामीले फिल्ममा द्वन्द्व र मार्सल आर्ट प्रस्तुत गर्ने विषयमा बढी ध्यान दिएका छौं।’

चलचित्रमा अत्यधिक भीएफएक्स प्रयोग भएको हल्ला भए पनि यो साँचो नभएको श्रेष्ठले बताए। ‘चलचित्रमा भीएफएक्स २० प्रतिशत मात्र छ’, उनले भने। फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठको अभिनय रहेको छ। साथै नवकलाकारहरू सिर्जना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय छ। नवअभिनेत्री रेग्मी फिल्ममा बुलेट अर्थात् खलपात्रको भूमिकामा छिन् भने अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन्।

कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको प्रस्तुति रहेको फिल्मको प्रसन्न गोपाली कार्यकारी निर्माता हुन्। फिल्ममा सम्राट बस्नेतको द्वन्द्वनिर्देशन रहेको छ। कल्याण सिंह, डीजे राजुलगायतको संगीत रहेको छ। बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई लोकेश वज्रार्चायले सम्पादन गरेका छन्। फिल्म भदौ ६ गते प्रदर्शनमा आउँदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.