‘सोच’ को तिमीले मलाई
काठमाडौं : एक्सन लभस्टोरी फिल्म ‘सोच’ मा समावेश तिमीले मलाई सहारा बोलको गीत सार्वजनिक गरिएको छ। भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ।
सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायत छन्।
गंगा रजक प्रकाश र एसडी निर्माता रहेको फिल्म विदुर पाण्डेले खिचेका हुन्। कृष्ण आचार्यको पटकथा, संवाद रहेको सोचमा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ। आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा भरपूर मनोरञ्जनका लागि समाजोपयोगी सन्देशसमेत रहेको दाबी निर्देशक पूजनको छ।