‘लभ यु हमेशा’ को भिडियो कन्टेस्ट

‘लभ यु हमेशा’ को भिडियो कन्टेस्ट

 काठमाडौं : ‘लभ यु हमेशा’ फिल्मले ‘भिडियो कन्टेस्ट’ घोषणा गरेको छ। विवाहित वा अविवाहित दुवै जोडीले भाग लिन सक्ने प्रतियोगितामा भाग लिन प्रेमी वा प्रेमिकाले प्रेम प्रस्ताव राखेको भिडियो बनाएर लभ यु हमेशा लेखी ‘लभ यु हमेशा’ को फेसबुक पेजमा पठाउनु पर्नेछ। दर्शकबाट प्राप्त हुने भिडियोमध्ये जुनमा धेरै लाइक र कमेन्ट आउँछ, त्यसलाई उत्कृष्ट घोषणा गरेर पुरस्कृत गरिनेछ।

‘लभ यु हमेशा’ को निर्माण ब्यानर धर्मा क्रिएसनले विजेता भिडियो निर्माणकर्तालाई फिल्मका कलाकारसँग भेटघाट, रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने तथा तीन दिन र चार रातको दार्जिलिङ भ्रमण प्याकेजलगायत उपहार प्रदान गरिने जनाएको छ। भिडियो प्रतियोगिताको विजेता घोषणा भदौ २१ मा गरिने छ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको फिल्मको हाल फिलिपिन्सको विभिन्न स्थानमा दुईवटा गीत छायांकन भइरहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन रहेको ती गीतमा फिल्मका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योञ्जन फिचर छन्।

भाष्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङका कलाकारले अभिनय गरेका छन्। भारतको कालेबुङ, सिलगुडी, काठमाडौंपछि हाल फिलिपिन्समा छायांकन भइरहेको फिल्ममा भासुको संगीत र एनवी महर्जनको द्वन्द्व निर्देशन छ। भदौ २७ गते प्रदर्शन हुने फिल्मलाई रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.