महिला सांसद जब छोरो च्यापेरै संसद बैठकमा पुगिन्

महिला सांसद जब छोरो च्यापेरै संसद बैठकमा पुगिन्

नैरोबी : बुधबार केन्याको संसदमा एक चाखलाग्दो र अनौठो घटना भयो । जुलेखा हसन नामकी एक महिला सांसदका कारण यहाँको तल्लो सदनमा खैलाबैला मच्चियो ।

१५ मिनेटसम्म त संसद बैठक नै अवरुद्ध भयो । हसनले जब ५ महिनाको छोरालाई काखमा च्यापेर संसद बैठकमै पुगिन् त्यसपछि अन्य थुप्रै सांसदले विरोध जनाए ।सोमालियासँगको सीमा विवादबारे बहस भइरहँदा हसनले बच्चालाई लिएरै बैठकमा पुगेकी थिइन् । तीन सन्तानकी आमा हसनले भने आफ्नो सन्तानलाई हेरचाह गर्ने अर्को कुनै उपाय नभएकाले यसरी संसदमै ल्याउनु परेको प्रतिक्रिया दिएकी छन् ।

साथै काम पनि छाड्न नचाहने र सन्तानको जिम्मा पनि आफूले व्यहोर्नुपरेकाले यस्तो भएको उनको भनाइ थियो । सभामुख क्रिस्टोफर ओमुलेलेले भने उनलाई सन्तानसहित बैठकमा सहभागी हुन नसक्ने भन्दै बाहिर पठाए । संसद भवन बच्चालाई हेरचाह गर्ने ठाउँ नभएको उनको तर्क थियो । हसनले संसद बैठक छाडेसँगै संसदमा बहसकै रुप लिएको थियो । केही सांसदले त ती सांसदलाई वहिस्कार गर्नुपर्ने भन्दै नारावाजी नै गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.