सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको ७० हजार पुग्यो

सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको ७० हजार पुग्यो

काठमाडौं : सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बढ्दै ७० हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो। 

बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो। 

साउन ३ गतेदेखि उकालो लागेको सुनको मूल्य साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो। साउन १७ गतेदेखि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। १७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, साउन १९ गते फेरि तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भयो। यस्तै २१ गते मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो।  बुधबार १५ सय बढेको सुन, बिहीबार पाँच सय बढ्दै ७० हजार पुगेको हो । 

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अमेरिका-चीन व्यापार युद्धका कारण सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य आकासिएको हो। सुनको मूल्य निरन्तर बढ्न थालेपछि नेपाली बजारमा सुनको कारोबार ठप्प भएको र सुन खरिद गर्ने भन्दा पुराना गहना बिक्री गर्ने ग्राहकको संख्या बढेको उनले बताए। 

भारत र पाकिस्तान तनावले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो। दुई देशको तनावले भारतीय रुपैयाँ कमजोर हुँदै जाँदा डलर मजबुत भएको छ। डलर मजबुत हुँदा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।  

अमेरिका र चीनको व्यापार युद्धले अन्तर्राष्ट्रिय लगानीकर्ता सुनमा केन्द्रित भएका छन् । यसमा अमेरिका र इरानबीचको तनावलेसमेत बल पुर्‍याएको छ ।  चीनको केन्द्रीय बैंकले सुनको संचितीलाई प्राथमिकता दिन सुरु गरेको छ । 

एक सातामा करिब साढे चार हजार रुपैयाँले सुनको मूल्य बढेपछि सुनको कारोबार भने ठप्प जस्तै भएको छ । तीजको मौसममा सुनको मूल्य बढ्दा व्यवसायी तनावमा छन् ।  लगातार मूल्य बढेपछि बजारमा सुनको माग ह्वातै घटेको व्यवसायीको भनाइ छ । 

असार ६ गतेकाे अनुमान : सुनको मूल्य शुक्रबार ६५ हजार पुग्यो, ७० हजार पुग्ने सम्भावना

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.