कश्मीर काण्डबारे मोदीले आज राति ८ बजे सम्बोधन गर्ने
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरमाथि गरिएको निर्णयपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
कश्मीरको अधिकार कटौती गरेपछि उत्पन्न विवाद र समस्या उनको सम्बोधनमा समेटिने बताइएको छ । आज बिहीबार साँझ ८ बजे मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका सार्वजनिक भएको हो । प्रधानमन्त्री मोदी आफैँले पनि ट्वीटरमार्फत यस्तो तालिका सार्वजनिक गरेका छन् ।
भारतमै प्रतिपक्षी दलका नेता तथा अन्य स्वतन्त्र बुद्धिजीवीले पनि कश्मीरमाथिको निर्णयमा विरोध जनाउँदैआएका छन् । कश्मीरमा भने सरकारले कफ्र्यू लगाइरहेको छ ।