कांग्रेसबारे नेकपाको ‘दृष्टि’ होइन ‘दृष्टिदोष’ देखियो : विश्वप्रकाश

कांग्रेसबारे नेकपाको ‘दृष्टि’ होइन ‘दृष्टिदोष’ देखियो : विश्वप्रकाश

काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपासँग कांग्रेसलाई हेर्ने दृष्टि नभएर दृष्टिदोष मात्र भएको आरोप लगाएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले यस्तो आरोप लगाएका हुन्।  ‘नेकपाको प्रतिवेदनमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ’, शर्माले भने, ‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र।’ 

उनले कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे। ‘बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिस्ट पार्टीलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डोर्‍याउने प्रयत्न गरी आएको छ’, उनले भने, ‘यो मान्यताले प्रतिस्पर्धी शक्तिलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको छ।’

शर्माले नेकपा केन्द्रीय कार्यालयको जग्गा विवादले उसको नैतिकता सकिएको टिप्पणी गरे। 

‘सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको छ’, उनले भने, ‘सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ।’

शर्माले यो गल्तीप्रति नेकपा गम्भीर हुने विश्वास व्यक्त गरे। ‘हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ’, शर्माले भने। 

प्रवक्ता शर्माले गोंगबु बसपार्कको विषयलेसमेत गम्भीर ध्यानाकर्षण गराएको बताए।  ‘जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो। अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ’, उनले भने, ‘जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ।’

कांग्रेसले यो विषयमा अनुसन्धान अगाडि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अपिलसमेत गरेको छ।  कांग्रेस प्रवक्ता शर्माले ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिने भए पनि प्रतिबन्ध लगाउने विषयमा छलफल नहुने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.