ब्रीले भेटिन् प्रेमी
ब्री लार्सनलाई यो साल खूब फापेको छ। यही साल उनी मुख्य भूमिकामा रहेको ‘क्याप्टेन मार्भेल’ले बक्सअफिसमा भव्य पैसा कमायो। अनि, ब्रीका फ्यानलाई खुशीको अर्को खबर पनि छ।
उनले यही साल माया गर्ने मान्छे पनि भेटेकी छिन्। यसको जनाउ ब्री आफैँले दिएकी छिन्। उनले अभिनेता तथा निर्देशक अलान ब्लिजसँग चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेर नयाँ प्रेमको खुलासा गरेकी हुन्।
अघिल्लो मंगलबार क्यालिफोर्नियाको एउटा सुपरमार्केटमा सामान किन्न गएका उनीहरूलाई पापाराजीले किस गर्दै गरेको भेटेका थिए। यसपछि दुवै मालिबूमा रहेको सिनेमा हलतर्फ गएका थिए।
एक वर्षदेखि दुवै एक्लो जीवन बिताइरहेका थिए। अलानले यसअघि अभिनेत्री मारियो बेलोलाई डेट गरेका थिए भने ब्रीले एलेक्स ग्रिनवाल्डलाई ब्रेकअप दिएकी थिइन्।