पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी पक्राउ परिन्
इस्लामाबाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी तथा मुस्लिम लिगकी उपाध्यक्ष मरियम सरिफ पक्राउ परेकी छन् ।
‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’का अनुसार बिहीबार उनी जेलमा रहेका आफ्ना बावुलाई भेटेर फर्कने बेला पक्राउ परेकी हुन् । पाकिस्तानमा ठूलो मानिएको चौधरी सुगर मिल्स मुद्दामा मरियम पनि संलग्न रहेको भन्दै उनीमाथि मुद्दा थियो । उनी अहिले हिरासतमै रहेको स्थानीय मिडियाले जनाएका छन् ।
मुद्दा परेपछि मरियमसँग केही प्रश्नको जवाफ समेत ‘नेश्नल एकाउन्टेबिलिटी ब्यूरो’ ले मागेको थियो । जवाफका लागि आज उनी त्यहाँ जानुपर्नेमा बावुलाई भेट्न जेल पुगेपछि फर्कँदै गर्दा पक्राउ परिएको डन न्युजले उल्लेख गरेको छ ।