ट्रकको ठक्‍करबाट दुईको मृत्यु

ट्रकको ठक्‍करबाट दुईको मृत्यु

मलंगवा : सर्लाहीको हरिवनस्थित पूर्व-पश्चिम राजमार्ग खण्डमा बिहीबार मध्यान्ह ट्रकको ठक्‍करबाट दुईजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना. ५६ प १०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको ना.५ ख ६०१४ नम्बरको ट्रकसँग ठोक्‍किँदा सर्लाहीको बरहथवा नगरपालिका ४ का १९ वर्षीय विक्रम दास कथवनिया र सोही ठाउँका २९ वर्षीय मनोजकुमार दासको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्‍करबाट गम्भीर घाइते भएका विक्रमको स्थानीय नमूना अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो भने मनोजको थप उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। 

ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ। चालक भने फरार रहेको प्रहरीले जनाएको छ।मृतक विक्रमको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ। मनोजको शव भने मलंगवा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.