बिहे गर्ने भन्दै फकाएर बलात्कार : प्रहरी जवान पक्राउ

बिहे गर्ने भन्दै फकाएर बलात्कार : प्रहरी जवान पक्राउ

ओखलढुंगा : विवाह गर्ने भन्दै फकाएर १८ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव स्थानीयको दबाबपछि पक्राउ परेका हुन्। 

किशोरीमाथि जवरजस्ती गरिरहेको अभिभावकले देखेर चौकी घेराउ गरेपछि प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताए।  यादवले जंगलमा घाँस काट्न गएकी किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ। 

यादवले जंगलमै किशोरीलाई करणी गरिरहेका बेला उनका बुवाले देखेपछि घटना बाहिर आएको हो। पीडितले महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा दर्ता गराएकी छिन्। उनको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर  घर पठाइएको छ। 

यादवले यसअघि जगंलमै घाँस काट्न गएको समयमा साउन २ गते  पनि किशोरीलाई बिहे गर्ने आश्वासन दिएर करणी गरेको खुलेको छ। पीडितले किटानी जाहेरी दिएपछि यादवलाई अदालतबाट म्याद थप गरी बिहीबारबाट अनुसन्धान थालिएको  जिल्ला प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। 

‘घटनाको प्रकृति हेर्दा सहमतिमै यौन सम्पर्क भएको र किशोरीका बुबाले थाहा पाएर बाहिर आएको जस्तो देखिन्छ’, उनले भने। 

सहमतिमा भएको विषय बाहिर ल्याएर विवादमा पार्न खोजेको उनले बताए। पटक–पटक दुवै जनाले आपसमा फोन सम्पर्क गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले सहमतिमै यौन सम्पर्क भएको हुन सक्ने मल्लले बताए।

पीडित पक्षले भने प्रहरीले घटना मिलाउन दबाब दिएको आरोप लगाएको छ। ‘मिल्न दबाब आएको थियो’, पीडित पक्षक एक व्यक्तिले भने। पीडितका आफन्तले अनुसन्धान गरेर पीडकमाथि कारवाही गर्न माग गरेका छन्।

डेढ महिना पहिले पनि उक्त प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले महिलालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो। उक्त घटना पनि प्रहरीले लुकाउने प्रयास गरेको थियो। स्थानीयकै दबाबमा सो घटना बाहिर आएपछि विकमाथि विभागीय कारवाही भएको  थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.