पर्यटक भित्र्याउँदै सामुदायिक वन

पर्यटक भित्र्याउँदै सामुदायिक वन

काभ्रे : उराठ वन समुदायलाई हस्तान्तरण गरेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। १४ वर्ष अघिसम्म उराठ रहेको धनेश्वर वैकिवा सामुदायिक वन जिल्ला वन कार्यालयले समुदायलाई हस्तान्तरण गरेपछि क्रमशः पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको हो। बनेपा र पनौती नगरपालिका बीचमा रहेको सामुदायिक वनले पछिल्लो समय पर्यटनमार्फत आम्दानी लिन थालेको छ। नेपालमै नमुनाका रूपमा विकास हुँदै गएको धानेश्वर सामुदायिक वन बुधबार मात्रै १० राष्ट्रका ३० पर्यटकले वनको अवलोकन गरे।

भुटान, अफगानिस्थान, फिलिपिन्स, थाइल्यान्डलगायत देशका पर्यटकले वन क्षेत्रको भ्रमण गरेको सामुदायिक वनका अध्यक्ष गोविन्द थापाले बताए। ‘अब हाम्रो वनमा पर्यटक भित्र्याउन पहल थालेका छौं’, उनले भने, ‘त्यसबापत शुल्क निर्धारण गरेर वनको आम्दानी बढाउने हाम्रो योजना छ।’

अलैंची, बाँस, लप्सी रोपेर आयआर्जनमा जोडिएका सामुदायिक वन उपभोक्ता समितिले पछिल्लो समय वनलाई पर्यटनसँग जोडेका हुन्। आँखाले हेर्दा नांगो डाँडामात्रै देखिने ठाउँलाई १४ वर्षमा हरियो बनाउँदै वार्षिक तीन लाखसम्म आम्दानी लिन सफल भएको सामुदायिक वनका अध्यक्ष थापाले बताए। वन संरक्षणमा सफल भएपछि वनमा आधारित पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले जानकारी दिए। ‘वनमा आधारित कृषि उद्योग सञ्चालन गरेका हामीले अब पर्यटनसँग जोड्ने प्रयास सुरु गरेका छौं’, अध्यक्ष थापाले भने, ‘राष्ट्रिय वन रहेको समयमा संरक्षण नभएको वनलाई समुदायमा हस्तान्तरण गरेसँगै धेरै सुधारको प्रयास गरेको छौं।’

लामो समयदेखि कृषि र वन क्षेत्रमा क्रियाशील रहेका वन उपभोक्ता समितिका सचिव बद्री अधिकारीको सक्रियतामा सामुदायिक वनले आम्दानीका आधार तय गरेको स्थानीय अनिरुद्र थापाले बताए। संस्थाका सचिव अधिकारीले समितिले वनमा आधारित आम्दानीका स्रोत पहिचान गरेर वनमा पर्यटन विकासको कार्य सुरु गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.