तीज गीत 'फुरुरु' बजारमा
काठमाडौं : शुभारम्भ डिजिटल म्युजिक प्रालीले तीज गीत 'फुरुरु' बजारमा ल्याएको छ। गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ। गीतमा स्वर माया खनाल, अन्जु मोक्ताङ, सूर्य राना र दुर्गा बिसीको छ।
गीतमा लय दुर्गा बिसीको छ भने शब्द माया खनाल, सूर्य राना र दुर्गा बिसीको रहेको छ। इजरायलमानै छायांकन भयको गीतमा माया खनाल, अन्जु मोक्ताङ, सूर्य राना र दुर्गा बिसी र कादम्बरी दाना श्रेष्ठको अभिनय छ।
स्वोस्तिका श्रेष्ठ, इशा शर्मा, काव्या क्षेत्री, प्रनिसा कन्दवा र सोनि योन्जनको नृत्य रहेको छ। भिडियो निर्देशन अनिल सिंह राजपुतले र छायांकन अनिल सिंह राजपुत र उनका साथीहरु (राम मोक्तान र सिजन गिरी) ले गरेका हुन्।