विप्लवका तीन नेता गोरखाबाट पक्राउ
गोरखा : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका तीन नेता गोरखाबाट पक्राउ परेका छन्। पार्टीका कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी, विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई र विद्यार्थी संगठनकै कास्की जिल्ला अध्यक्ष काजी गुरुङ शुक्रबार पक्राउ परेका हुन्।
तीनै जनालाई शुक्रबार विहान छ बजे मझुवा देउरालीबाट पक्राउ गरिएको डिएसपी महेन्द्र नेपालले बताए। पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ।
कास्की जिल्ला सेक्रेटरी भण्डारी गंगादेवी गाउँपालिका(२ रोल्पाका हुन् भने विद्यार्थी नेताद्वय गुरुङ बारपाक सुलीकोट(६ ताकुका र राई भोजपुर नगरपालिका(१२का हुन्।